आर्सनलले निकाल्यो तीन शून्यको प्रभावशाली जित | Khabarhub Khabarhub

आर्सनलले निकाल्यो तीन शून्यको प्रभावशाली जित


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खराब खेल प्रदर्शन गर्दै आएको आर्सनलले इङ्लिस प्रिमियर सिप अन्तर्गत शनिबार राति भएको खेलमा प्रभावशाली जित निकालेको छ।

आर्सनलले गएराति नटिङघम फरेस्टमाथि ३-० को जित हात पारेको हो। आर्सनलको पछिल्ला ५ प्रिमियर सिपको खेलमा यो पहिलो जित हो। खेलाडीको चोट तथा कठिन खेलका कारण आर्सनल धेरैपछि परेको थियो।

खेलको १५ औँ मिनेटमा मार्टिन ओडेगार्डको पासमा बोकायाका साकोले पहिलो गोल गरे। मध्यान्तरपछि वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका थोमस पार्टीले दोस्रो गोल गर्दा एथेन नानरीले तेस्रो गोल गरेका हुन्।

प्रिमियर सिपको अंक तालिकामा २२ अंकसहित आर्सनल चौंथो स्थानमा छ। २२ अंक नै रहेको ब्रिङटन पाँचौँ स्थानमा छ। ११ खेल कम खेलेको लिभरपुल २८ अंकसहित शीर्ष स्थानमा छ। नटिङघम फरेस्ट १९ अंकसहित सातौँ तथा १९ अंक भएको अस्टन भिल्ला आठौँ स्थानमा छन्।

शनिबार राति नै भएको अर्को खेलमा बोर्नमाउथलाई ब्रिङटनले २-१ ले हराएको छ भने अस्टन भिल्ला र क्रिस्टल प्यालेसले २-२ गोलको बराबरी खेले। एभरटन र ब्रेन्ट फोर्डको खेल गोलरहित बराबरीमा सकिँदा उल्भ्सले फुलहामले ४-१ ले हरायो।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ७ : ०७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग