कोप-२९ : विकासोन्मुख देशलाई तीन सय अर्ब डलर सहयोग गर्ने सहमति « Khabarhub

कोप-२९ : विकासोन्मुख देशलाई तीन सय अर्ब डलर सहयोग गर्ने सहमति


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

बाकु – अजरबैजानको बाकुमा सम्पन्न भएको संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन कोप-२९ ले विकासोन्मुख देशका लागि विकसित देशले तीन सय अर्ब अमरेकी डलर सहयोग गर्ने सहमति पारित गरेको छ।

जलवायु परिवर्तनको पक्षमा आफै काम गर्न असमर्थ रहने विकासोन्मुख र कमजोर देशको पक्षमा शनिबार साँझ यो निर्णय भएको हो।

अहिले प्रतिबद्धता जाहेर गरिएको रकम सरकारी अनुदानका साथै निजी क्षेत्र, बैङ्क र अन्य निकायबाट पनि आउन सक्ने सम्भावना प्रबल रहेको जनाइएको छ। सम्मेलनमा ११ नोभेम्बरमा सुरु भएको थियो।

यो सहमतिले जलवायु परिवर्तनका लागि संसारका सबे देश सहकार्य गर्न तयार रहेको देखिएको छ। तथापि धनी देश आफै पनि यस समस्यासँग जुधिरहेको समयमा अन्य देशलाई गर्ने सहयोगको प्रभावकारिताको बारे भने शङ्का उत्पन्न भएका छन्।

दुई साता लामो बाकु सम्मेलन बहिस्कार, विवाद र जीवाश्म इन्धनको प्रयोग र यसले ल्याएको समस्यामा केन्द्रित भएको थियो। अन्तिम समयमा पनि भएको विवादका कारण निर्धारित भन्दा ३० घण्टा ढिला सम्पन्न भएको सो सम्मेलनको अन्त्यमा करिब दुई सय देशले सहमति जुटाएका हुन्।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ८ : १५ बजे

बीपी राजमार्गलाई खुलाउन अवरोध हटाउने कार्य जारी

काठमाडौं– पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्गलाई खुलाउनका

राष्ट्रिय पब्जी मोबाइल च्याम्पियनसिपको फाइनल आज

काठमाडौं– नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्यांकन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम– मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको