धितोपत्र बोर्डको अध्यक्षका लागि दुई जनाको अन्तर्वार्ता जारी, चापागाईँ आएनन्  « Khabarhub

धितोपत्र बोर्डको अध्यक्षका लागि दुई जनाको अन्तर्वार्ता जारी, चापागाईँ आएनन् 


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि अहिले अर्थ मन्त्रालयमा अन्तर्वार्ता चलिरहेको छ । तर यो पटकको अन्तर्वार्तामा पनि दुई जना मात्र उपस्थिति भएका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार बोर्डको अध्यक्षको लागि बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की मात्र अन्तर्वार्ता दिन आएका छन् ।

बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ भने आज भएको अन्तर्वार्तामा अनुपस्थिति भएका छन् । बोर्डको अध्यक्षको दाबेदार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले अगाडि नै अन्तर्वार्ता दिइसकेका छन् ।

योसँगै अन्तर्वार्ता दिने ४ जना पुगेको छ । अर्थ मन्त्रालयले ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषद्ले एक जनालाई बोर्डको अध्यक्ष बनाउने प्रक्रिया रहेको छ ।

अधिकारी र कार्की बोर्डको अध्यक्ष पदमा अन्तर्वार्ता दिएसँगै अध्यक्षको प्रक्रिया अगाडि बढेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १२ : ०९ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

गाईघाट– जिल्लाको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा आज

सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान

सुदूरपश्चिममा– प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो २ः३० बजेसम्म ३८

काठमाडौं र भक्तपुरमा मतदान गर्दै मतदाताहरू (तस्बिरहरू)

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी छ।

परिवर्तनको आशा बोकेर मतदान

काठमाडौं– डिल्ली बजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट हालेर

बस्ती स्थानान्तरणको माग राख्दै दाङको २ मतदान केन्द्रका मतदाताले गरे निर्वाचन बहिष्कार

काठमाडौं– लामो समयदेखि बस्ती स्थानान्तरणको माग राख्दै आएका दाङको दुई