धितोपत्र बोर्डको अध्यक्षका लागि दुई जनाको अन्तर्वार्ता जारी, चापागाईँ आएनन्  « Khabarhub

धितोपत्र बोर्डको अध्यक्षका लागि दुई जनाको अन्तर्वार्ता जारी, चापागाईँ आएनन् 


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि अहिले अर्थ मन्त्रालयमा अन्तर्वार्ता चलिरहेको छ । तर यो पटकको अन्तर्वार्तामा पनि दुई जना मात्र उपस्थिति भएका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार बोर्डको अध्यक्षको लागि बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की मात्र अन्तर्वार्ता दिन आएका छन् ।

बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ भने आज भएको अन्तर्वार्तामा अनुपस्थिति भएका छन् । बोर्डको अध्यक्षको दाबेदार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले अगाडि नै अन्तर्वार्ता दिइसकेका छन् ।

योसँगै अन्तर्वार्ता दिने ४ जना पुगेको छ । अर्थ मन्त्रालयले ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषद्ले एक जनालाई बोर्डको अध्यक्ष बनाउने प्रक्रिया रहेको छ ।

अधिकारी र कार्की बोर्डको अध्यक्ष पदमा अन्तर्वार्ता दिएसँगै अध्यक्षको प्रक्रिया अगाडि बढेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १२ : ०९ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर