जरिवाना नतिरेको भन्दै एमाले कार्यालय पुग्यो महानगरको टोली « Khabarhub

जरिवाना नतिरेको भन्दै एमाले कार्यालय पुग्यो महानगरको टोली


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही शुक्रबार काठमाडौं महानगरपालिका-१ दरबारमार्गमा फोहोर गरेको भन्दै तोकिएको जरिवाना नतिरेपछि महानगरको टोली एमाले कार्यालयमै पुगेको छ ।

एमालेले शुक्रबार साँझ दरबारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक र पेटीमा जथाभावी फोहरमैला गरेर नउठाएको भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना गराउने निर्णय गरेको थियो ।

फोहर उत्पादकको व्यवाथापकीय जिम्मेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिमको जरिवाना नबुझाएपछि दोस्रो पत्र लिएर महानगरपालिकाका प्रतिनिधिहरू ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा पुगेका हुन् ।

‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौं महानगरपालिका वडा नं. १ दरबारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरि वातावरण प्रदूषण गरेकोले तपाईंलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु’, नगर प्रहरी निरीक्षक लीलाराजा गाछाले लेखेको पत्रमा भनिएको छ ।

एमालेले सरकारलाई चौतर्फी घेराबन्दी भएको भन्दै दरबारमार्गमा जागरण सभा गरेको थियो । सुरुमा भृकुटीमण्डपमा गरिने भनिएको सभास्थल अन्तिम समयमा सारेर दरबारमार्ग लगिएको थियो ।

तर एमाले महासचिव शंकर पोखरेलले कार्यक्रम समापनछि कार्यकर्ता र स्वयम्सेवकहरूले फोहोर उठाइरहेका बेला महानगरका मेयर बालेन्द्र साहले योजनावद्ध रुपमा जरिवानाको पत्र सार्वजनिक गरेको आरोप लगाएका थिए । उनले फोहोर उठाउने काम भइरहेका बेला मेयर साहले नियतवश एमालेविरुद्ध लागेर जरिवाना गराएको बताएका थिए ।

केही महिनायता प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच शीत युद्ध चलेको छ।

सर्वोच्च अदालतले नदीको थप २० मिटर छाड्ने गरी दिएको आदेश कार्यान्वयन गर्न काठमाडौं महानगरपालिका निस्किँदा ओलीले बालेनको उक्त कदमलाई केटाकेटीपनको संज्ञा दिएका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १ : ५८ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न