कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत « Khabarhub

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको कोषाध्यक्षको जिम्मेवारी उमेश श्रेष्ठलाई दिएएको छ। श्रेष्ठलाई सभापति शेरबहादुर देउवाले पार्टीको कोषाध्यक्षको जिम्मेवारी दिएको जानकारी कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएका छन् ।

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य उमेश श्रेष्ठलाई केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गर्नु भएको छ’, पौडेलले भनेका छन् ।

श्रेष्ठले लामो समयदेखि कांग्रेसको आर्थिक विभागमा थिए । यसअघि कांग्रेसमा रहेका श्रेष्ठसहितका उद्यमी नेताहरूले गरिखाने अभियान चलाएका थिए ।

उनले ०७९ को निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर २ बाट चुनाव लडेका थिए । तर, उनी रास्वपाका सभापति रवि लामिछानेसँग पराजित भएका थिए ।

भोजपुरका पुर्ख्यौली थलो भएका उनी पछिल्लो समय चितवनमा पनि सक्रिय छन् । श्रेष्ठ लिटिल एन्जेल्स स्कुलका सञ्चालक पनि हुन् ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  २ : १३ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको