एमालेले बुझेन महानगरको पत्र , फर्कियो भ्यानसहित पुगेको नगर प्रहरी टोली « Khabarhub

एमालेले बुझेन महानगरको पत्र , फर्कियो भ्यानसहित पुगेको नगर प्रहरी टोली


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही शुक्रबार काठमाडौं महानगरपालिका-१ दरबारमार्गमा फोहोर गरेको भन्दै तोकिएको जरिवाना नतिरेपछि महानगरको टोली एमाले कार्यालयमै पुगेको छ ।

भ्यानसहित पुगेको महानगरीय प्रहरीको टोलीले आइतबार दिउँसो एमालेको च्यासलस्थित कार्यालयमा एक लाख रुपैयाँ जरिवानाबारेको पत्र बुझाउन खोजेको थियो । तर एमाले केन्द्रीय कार्यालयमा रहेका प्रतिनिधिहरूले पत्र बुझ्न अस्वीकार गरेका हुन् ।

एमालेले शुक्रबार साँझ दरबारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक र पेटीमा जथाभावी फोहरमैला गरेर नउठाएको भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना गराउने निर्णय गरेको थियो ।

फोहर उत्पादकको व्यवाथापकीय जिम्मेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिमको जरिवाना नतिरलेपछि दोस्रो पत्र लिएर महानगरपालिकाका प्रतिनिधिहरू एमाले कार्यालयबाट फर्किएका हुन् ।

एमालेले सरकारलाई चौतर्फी घेराबन्दी भएको भन्दै दरबारमार्गमा जागरण सभा गरेको थियो । सुरुमा भृकुटीमण्डपमा गरिने भनिएको सभास्थल अन्तिम समयमा सारेर दरबारमार्ग लगिएको थियो ।

तर एमाले महासचिव शंकर पोखरेलले कार्यक्रम समापनछि कार्यकर्ता र स्वयम्सेवकहरूले फोहोर उठाइरहेका बेला महानगरका मेयर बालेन्द्र साहले योजनावद्ध रुपमा जरिवानाको पत्र सार्वजनिक गरेको आरोप लगाएका थिए । उनले फोहोर उठाउने काम भइरहेका बेला मेयर साहले नियतवश एमालेविरुद्ध लागेर जरिवाना गराएको बताएका थिए ।

केही महिनायता प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच शीत युद्ध चलेको छ।

सर्वोच्च अदालतले नदीको थप २० मिटर छाड्ने गरी दिएको आदेश कार्यान्वयन गर्न काठमाडौं महानगरपालिका निस्किँदा ओलीले बालेनको उक्त कदमलाई केटाकेटीपनको संज्ञा दिएका थिए ।

News

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  २ : ३२ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल