प्रसाईंको रिटमा सर्वोच्चले सरकारसँग सोध्यो थुन्नुको कारण « Khabarhub

प्रसाईंको रिटमा सर्वोच्चले सरकारसँग सोध्यो थुन्नुको कारण


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतले सरकारसँग कारण सोधेकोछ ।

सर्वोच्चले आइतबार प्रसाईंलाई थुन्नुको कारण सोध्दै बन्दीसहित उपस्थित हुन सरकारको नाममा आदेश जारी गरेको छ ।

साइबर अपराध मुद्दामा थुनामा रहेका मेडिकल व्यवसायी प्रसाईंको हकमा उनका छोरा निराजनले गैरकानुनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरण रिट हालेका थिए ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चले सरकारको नाममा कारण देखाउ आदेश जारी गर्दै बन्दीसहित उपस्थित हुन भनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित टेलिकममा ३२ अर्ब रुपैयाँ लगानी रहेको भनेर फेक भिडियो बनाएपछि प्रसाईं समातिएका थिए । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले भक्तपुरस्थित घरबाटै पक्राउ गरेर हिरासतमा लिएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  २ : ४० बजे

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ