सन्तोषको ड्रिम प्रोजेक्ट ‘बलिदान’को दोस्रो चरणको छायाङ्कन सुरु « Khabarhub

सन्तोषको ड्रिम प्रोजेक्ट ‘बलिदान’को दोस्रो चरणको छायाङ्कन सुरु


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ठूलो लगानीमा निर्माण भइरहेको फिल्म ‘बलिदान’को छायाङ्कन दोस्रो चरणमा प्रवेश भएको छ । गत शुक्रबारदेखि मोरङको कानेपोखरीमा निर्मित सेटमा बाँकी अंश छायाङ्कन सुरु भएको हो ।

भदौ तेस्रो साताबाट ‘बलिदान’को छायाङ्कन सुरु भएको थियो । निर्देशक सन्तोष सेनका अनुसार दशैं, तिहार र छठ जस्ता ठूला चाडले छायाङ्कनको काम स्थगित भएको थियो ।

४५ दिनमा पूरा छायाङ्कन सक्ने योजना निर्देशन सेनको छ । भन्छन्, ‘चाडपर्वले छायाङ्कन रोकिएको हो । अब तीव्र गतिमा काम अघि बढ्छ ।’

छायाङ्कनका लागि फिल्मका मुख्य कलाकारहरु समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्यदेव, ऋचा शर्मा लगायतका कलाकार मोरङमै रहेको निर्माण पक्षले जनाएको छ ।

निर्देशक सेनका अनुसार अहिले नै फिल्मको प्रदर्शन मिति भित्रीरुपमा तय भइसके पनि छायाङ्कन सकिएको भोलिपल्ट टिजर सार्वजनिक गरी दर्शकलाई जानकारी दिइनेछ ।

उनी थप्छन्, ‘अहिले नै भन्नुभन्दा पनि टिजर सार्वजनिक गरेर प्रदर्शन मिति घोषणा गर्दा उपयुक्त होला ।’

आसुसेन फिल्मस्को ब्यानारमा बन्ने यस फिल्म नेपाली भूमिमा भइरहेको शोषण, अन्याय र कथित नाइकेहरहरूविरुद्धको संघर्षमा आधारित रहेको बताइएको छ । यसका निर्माता पवन ब्राठफोर्ड बिस्ट र सहनिर्माता प्रेम पुरी हुन् ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  २ : ५६ बजे

दुर्लुङदेखि कुश्मासम्म अम्बा बेच्ने जमुनाको संघर्ष (तस्बिरहरू)

काठमाडौं– पर्वतको कुश्मा नगरपालिका–३ स्थित दुर्लुङ गाउँकी जमुना परियार गाउँका

साँगा–धुलिखेल सडक निर्माण तीव्र गति

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ

मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह

धनुषा– मधेस प्रदेशमा रु आठ अर्ब ९९ करोड सहुलियतपूर्ण कृषि

४२३ करोड कमाउँदै ‘जेलर २’ दोस्रो स्थानमा, दुई सातामै किन घट्यो रजनीकान्तको फिल्मको कमाइ ?

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ ले बक्स

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता