सन्तोषको ड्रिम प्रोजेक्ट ‘बलिदान’को दोस्रो चरणको छायाङ्कन सुरु « Khabarhub

सन्तोषको ड्रिम प्रोजेक्ट ‘बलिदान’को दोस्रो चरणको छायाङ्कन सुरु


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ठूलो लगानीमा निर्माण भइरहेको फिल्म ‘बलिदान’को छायाङ्कन दोस्रो चरणमा प्रवेश भएको छ । गत शुक्रबारदेखि मोरङको कानेपोखरीमा निर्मित सेटमा बाँकी अंश छायाङ्कन सुरु भएको हो ।

भदौ तेस्रो साताबाट ‘बलिदान’को छायाङ्कन सुरु भएको थियो । निर्देशक सन्तोष सेनका अनुसार दशैं, तिहार र छठ जस्ता ठूला चाडले छायाङ्कनको काम स्थगित भएको थियो ।

४५ दिनमा पूरा छायाङ्कन सक्ने योजना निर्देशन सेनको छ । भन्छन्, ‘चाडपर्वले छायाङ्कन रोकिएको हो । अब तीव्र गतिमा काम अघि बढ्छ ।’

छायाङ्कनका लागि फिल्मका मुख्य कलाकारहरु समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्यदेव, ऋचा शर्मा लगायतका कलाकार मोरङमै रहेको निर्माण पक्षले जनाएको छ ।

निर्देशक सेनका अनुसार अहिले नै फिल्मको प्रदर्शन मिति भित्रीरुपमा तय भइसके पनि छायाङ्कन सकिएको भोलिपल्ट टिजर सार्वजनिक गरी दर्शकलाई जानकारी दिइनेछ ।

उनी थप्छन्, ‘अहिले नै भन्नुभन्दा पनि टिजर सार्वजनिक गरेर प्रदर्शन मिति घोषणा गर्दा उपयुक्त होला ।’

आसुसेन फिल्मस्को ब्यानारमा बन्ने यस फिल्म नेपाली भूमिमा भइरहेको शोषण, अन्याय र कथित नाइकेहरहरूविरुद्धको संघर्षमा आधारित रहेको बताइएको छ । यसका निर्माता पवन ब्राठफोर्ड बिस्ट र सहनिर्माता प्रेम पुरी हुन् ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  २ : ५६ बजे

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९