कारागार र हिरासत कक्ष सुधार गर्नुपर्ने सुझाव « Khabarhub

कारागार र हिरासत कक्ष सुधार गर्नुपर्ने सुझाव


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेशभित्रका काराकार तथा प्रहरी हिरासत कक्षको अनुगमन सुरु गरेको छ । मुख्य न्यायाधिवक्ता यमलाल खनालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले पहिलो चरणमा दाङ, अर्घाखाँची, गुल्मी र पाल्पामा रहेका जिल्ला कारागार तथा जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत कक्षको अनुगमन गरेको हो ।

अनुगमनपछि खनाल नेतृत्वको प्रतिनिधिमण्डलले कारागार प्रशासन, सुरक्षाकर्मी र हिरासत तथा थुनुवासँग छलफल गरी कारागार तथा हिरासत कक्षलाई थप सुधार गर्दै मानव अधिकार संरक्षणमा ध्यान दिन कारागार प्रशासनलाई निर्देशन दिएको छ । साथै अनुशासन तथा सकारात्मक आचारणका लागि कैदीबन्दीलाई मनोसामाजिक परामर्श पनि प्रदान गरिएको छ ।

मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका सर्तसम्बन्धी ऐन, २०७५ मा प्रदेशभित्रका हिरासत तथा थुनुवा कक्षको अनुगमन र निरीक्षण गरी थुनुवा उपर मानवोचित व्यवहार नभएको भए मानवोचित व्यवहार गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने प्रावधान रहेको छ । सोही ऐनले तोकेको जिम्मेवारी अनुसार कारागार तथा प्रहरी हिरासत कक्षको अनुगमन गरिएको अनुगमन टोलीका संयोजक मुख्यन्यायाधिवक्ता खनालले बताए  ।

अनुगमनका क्रममा भौतिक संरचना पुरानो, जीर्ण तथा क्षमता भन्दा बढी कैदी बन्दी बस्नुपर्दा समस्या देखिएको अनुगमन टोलीले जनाएको छ । गुल्मी जिल्लाको कारागार पुरानो भइसकेकाले त्यहाँको संरचना फेर्नुपर्ने सुझाव दिएको खनालले बताए । प्रदेश सरकारले यस अघि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाएको बताउँदै सोही आधारमा बजेट व्यवस्थापन गरी सम्बोधन गर्नुपर्ने उनले उल्लेख गरे ।

यस्तै दाङको घोराही र तुलसीपुरमा रहेको कारागारको भौतिक पूर्वाधार राम्रो अवस्थामा रहेको अनुगमन टोलीले जनाएको छ । कारागारमा हस्तकलाका सीप सिकाउँदा सजाय भुक्तान गरिसकेर घर फर्किँदा समाजमा पुनः स्थापना हुन सहज हुने भएकाले उपयोगी सीप हस्तान्तरणका लागि जोड दिइएको मुख्यन्यायाधिवक्ता खनालले बताए ।

घोराही र तुलसीपुर दुई वटा कारागारमा सबैभन्दा बढी नौ सय ९६ कैदी बन्दी रहेका छन् । पाल्पामा दुई सय ६४, गुल्मीमा एक सय छ, अर्घाखाँचीमा ८४ जना कैदी बन्दी छन् । अनुगमन टोलीमा मुख्य न्यायाधिवक्ता खनालसहित उपन्यायाधिवक्ता डा सूर्यप्रसाद पौडेल, लेखा अधिकृत दुर्गाप्रसाद पौडेल, वरिष्ठ प्रशासन सहायक वीरेन्द्रकुमार दास, मधु खनाललगायत सहभागी थिए ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ४ : १८ बजे

कांग्रेस महाधिवेशन अब वैशाख २८-३१ मा गर्न प्रस्ताव, कार्यसमितिको अवधि जेठसम्म लम्ब्याउने तयारी

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म

विकास दीर्घकालीन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दीर्घकालसम्म हुनेगरी सडक पूर्वाधार

नेपाली काँग्रेस कार्यसम्पादन समिति बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली काँग्रेस पार्टीभित्र देखिएको महाधिवेशन विवादबारे निर्णय लिन बोलाइएको

नेपालको औद्योगिक क्षेत्र : ७ सय उद्योग थपिए, तर उत्पादन क्षमतामा भने घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन

औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्

काठमाडौं– औषधि व्यवस्था विभागले औषधि फिर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको