खुल्यो धरहरा : प्रतिव्यक्ति २ सय तिरेर चढ्न पाइने | Khabarhub Khabarhub

खुल्यो धरहरा : प्रतिव्यक्ति २ सय तिरेर चढ्न पाइने


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको सुन्धरास्थित धरहरा आइतबारबाट स:शुल्क खुला गरिएको छ ।

केही समयअघि नि:शुल्क रुपमा धरहरा चढ्न सक्ने व्यवस्था थियो । तर आइतबारबाट स:शुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरिएको हो ।

धरहरा चढ्न प्रतिब्यक्ति २ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिले ५० प्रतिशत छुट पाउने छन् ।

सार्क मुलुकका नागरिकलाई ५ सय, सार्क मुलुकबाहेक अन्य मुलुकका नागरिकलाई एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।

धरहरा परिसरमा मात्रै प्रवेश गर्न ५० रुपैयाँ तोकिएको छ । धरहरा खुला भएसँगै टिकट काटेर चढ्नेको घुइँचो लागेको छ ।

धरहरा हेर्न पुगेका सर्वसाधारणले नयाँ चढ्न सहज भएको भन्दै खुसी व्यक्त गरे । त्यस्तै केहीले टिकट व्यवस्थापन सहज गर्न र शुल्क घटाउन सुझाव दिएका थिए ।

भुकम्पपछि निर्माण गरिएको धरहरा गत असोज ३ गते संविधान दिवसको दिनबाट खुला गरिएको थियो ।

सञ्चालनमा ल्याएको दुई महिना नबित्दै लिफ्ट बिग्रिएर बन्द भएको धरहरा पुनः शुल्कसहित सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ४ : ४५ बजे

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड