औपचारिक माध्यमबाट सुनको आयातमा ८६ प्रतिशतले गिरावट « Khabarhub

औपचारिक माध्यमबाट सुनको आयातमा ८६ प्रतिशतले गिरावट

भन्सार राजस्व २८ करोडमा सीमित


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औपचारिक माध्यमबाट सुनको आयातमा ठूलो गिरावट देखिएको छ । भन्सार विभागको विभागको पछिल्लो तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष ०८०/८१ को पहिलो चौमासिक अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा सुनको आयातमा ८६.७५ प्रतिशत बढीले गिरावट देखिएको हो ।

चालु आर्थिक वर्षको तीन महिनामा नेपालमा १ अर्ब ४२ करोड ७५ लाख २८ हजार रुपैयाँ बराबरको १ लाख ३२ हजार ५६४ ग्राम सुन आयात भएको छ । जसबाट सरकारले २८ करोड ५५ लाख ७ हजार रुपैयाँ भन्सार राजस्व आम्दानी गरेको छ ।

साथै सोही अवधिमा प्लेटिनम सहितको सुन १ अर्ब ६ करोड २९ लाख ४२ हजार र विभिन्न सुनका सामग्री १९ करोड ८ लाख १ हजार बराबरको आयात भएको छ ।

तर, अघिल्लो आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा नेपालमा ८ अर्ब २० करोड ८१ लाख ७० हजार रुपैयाँ बराबरको १० लाख ५ सय ग्राम सुन औपचारिक माध्यमबाट आयात भएको थियो । सो आयात प्रक्रियामा सरकारले १ अर्ब २३ करोड १२ लाख ३७ हजार राजस्व संकलन गरेको थियो ।

अघिल्लो आर्थिक वर्ष ०८०/८१ को सोही अवधिमा नेपालमा औपचारिक माध्यमबाट ६९ करोड ९२ लाख २५ हजार रुपैयाँ बराबरको प्लेटिनम सहितको सुन र ११ करोड ३२ लाख ४५ हजार रुपैयाँ बराबरको सुनका विभिन्न सामग्री आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुनमा लगाउँदै आएको भन्सार राजस्व १५ प्रतिशतबाट बढाएर २० प्रतिशत र भारतले घटाएर ६ प्रतिशतमा झारेपछि नेपालमा औपचारिक माध्यमबाट आयात हुने सुनको मात्रा घट्न पुगेको देखिन्छ । व्यवसायीहरूले पनि अहिले नेपालको सुन बजार भन्सार छलीको सुनले भरिएको बताउने गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ५ : ५४ बजे

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर