मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु « Khabarhub

मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोरङमा हायसको ठक्करबाट आइतबार दिउँसो साइकल यात्रीको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–५ दुलारीमा हायसले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ च ०४७ नम्बरको हायसले दक्षिणबाट उत्तरतर्फ सडक पार गर्दै गरेको साइकललाई दिउँसो ३ बजेतिर ठक्कर दिएको थियो। दुर्घटनामा परेर साइकलयात्री सुन्दरहरैँचा–४ का ४४ वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका राईलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उनको उपचारकै क्रममा दिउँसो ४स्३५ चिकित्सकले मृत घोषित गरेका थिए।

प्रहरीले हायस र चालक झापाको भद्रपुर नगरपालिका–८ का २६ वर्षीय विशाल दासलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ७ : ४७ बजे

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि