बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्क छ : मन्त्री पाण्डे « Khabarhub

बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्क छ : मन्त्री पाण्डे


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्यक भएको बताएका छन् ।

भक्तपुरको गट्ठाघरमा कोटेश्वर बहुमुखी क्याम्पस र सारीपुत्र फाउन्डेसन लुम्बिनीले संयुक्त रुपमा आज आयोजना गरेको ‘भगवान् बुद्धलाई कसरी चिन्ने ?’ विषयक ‘बुद्ध दर्शन सम्बन्धित एकदिवसीय अन्तर्राष्ट्रिय धम्म सम्मेलन’को उद्घाटन गर्दै मन्त्री पाण्डेले बुद्धले छरेका ज्ञानको माध्यमबाट विश्वभरि शान्ति स्थापना गर्न र हामी एउटै भाइकुटुम्ब हौँ भन्ने बुझ्न सकिने उल्लेख गरे ।

मन्त्री पाण्डेले बुद्धको शिक्षालाई गहिराइमा बुझेर त्यसको ज्ञानलाई व्यावहारिकरुपमा उपयोग गर्नुपर्ने बताए । बुद्ध नेपालमा जन्मेकामा गर्व गर्ने तर बुद्धको ज्ञानको अनुशरण नगर्ने हुँदा यसको अर्थ नरहने उल्लेख गर्दै उनले बुद्धको ज्ञानको अनुशरण गर्ने र शान्तिको सन्देश फैलाउने कार्य नेपालबाट हुनुपर्ने बताए ।

नेपाल आध्यात्मिक क्षेत्र भएको र यहाँको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक धरातललाई अनुभूति गरेर फर्कन मन्त्री पाण्डेले सहभागीलाई आग्रह गरे। “बुद्धत्वसँगै यहाँको सनातन धर्मका बारेमा बुझेर फर्कन आग्रह गर्छु”, उनले भने ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ९ : १९ बजे

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि