धितोपत्र बोर्ड अध्यक्षमा तीन जनाको नाम सिफारिस « Khabarhub

धितोपत्र बोर्ड अध्यक्षमा तीन जनाको नाम सिफारिस


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । आइतबार बिहान बाँकी रहेका २ जनाको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण सकिएपछि समितिले अध्यक्ष नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।

समितिले सन्तोषनारायण श्रेष्ठ, नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम अध्यक्षको नियुक्तिको लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । सिफारिस समिति स्रोतका अनुसार सन्तोषनारायण श्रेष्ठको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ । सो सिफारिससँगै लामो समयदेखि रिक्त रहेको सेबोनले अब नेतृत्व पाउने देखिएको छ ।

गत पुस २१ गते बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएसँगै अर्थ मन्त्रालयले ढिलोगरी गत फागुन ३ गते मात्रै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको नेतृत्वमा अध्यक्ष सिफारिस समिति गठन गरेको थियो । सो समितिले फागुन १६ गते अध्यक्षको लागि आवेदन खुला गरेर चैत २४ गतेमात्रै सर्टलिस्ट नाम प्रकाशन गरेर गत असार २ गते अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणका लागि बोलाएको थियो । तर, सर्टलिस्टमा परेका तीनजना अन्तर्वार्तामा अनुपस्थित भएपछि समितिले प्रक्रिया नै रद्द गरेको थियो ।

तर, कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी भएका सन्तोषनारायण श्रेष्ठले प्रक्रियालाई अगाडि बढाउन माग गर्दै सर्वोच्चमा दायर गरेको रिटकै पक्षमा अन्तरिम आदेश दिएपछि प्रक्रिया अगाडि बढेको हो ।

सरकारी उच्च स्रोतका अनुसार अबको पहिलो मन्त्रिपरिषद् बैठकले नै सेबोनको अध्यक्ष नियुक्ति गर्नेछ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ९ : ३४ बजे

पदयात्रा पथप्रदर्शकका लागि चरा पहिचानसम्बन्धी तालिम

गण्डकी– नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पन्छी

भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित

राप्ती गाउँपालिकामा ‘करारखेती’ कार्यक्रम प्रभावकारी बन्दै

दाङ– दाङको राप्ती गाउँपालिकाले सञ्चालन गरेको करारखेती कार्यक्रम प्रभावकारी बन्दै गएको

ओलीको टिप्पणी : जेलबाट भाग्ने राजनीतिक अगुवा भए, सरकारले निष्पक्ष निर्वाचन गराउँदैन

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६