सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव « Khabarhub

सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मोरङ – खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार नेपाली जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी उपलब्ध गराउन कटिबद्ध रहेको बताएका छन् ।

निरन्तर पानी आपूर्ति परियोजनाको विस्तार तथा स्थानीय विकासका योजनामा काम गर्दै समग्र मोरङ जिल्लामा पानीको पहुँच सुधार्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।

मोरङको उर्लाबारीमा निर्मित उर्लाबारी वृहत् सह–लगानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले भने, “हामी निरन्तर पानी आपूर्ति परियोजनाको विस्तार र स्थानीय विकासका योजनामा काम गरिरहेका छौँ ।”

मन्त्री यदावले स्थानीय बासिन्दाका लागि स्वच्छ र पर्याप्त पानीको पहुँच सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको उक्त परियोजनाले पानी आपूर्ति प्रणालीमा सुधार ल्याउने बताए । उनले भने, “उर्लाबारी वृहत् सह–लगानी आयोजनाले स्थानीय विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छु, यहाँका नागरिकले शुद्ध र स्वच्छ पानी खान पाउने छन् ।”

उक्त आयोजनाले उर्लाबारी क्षेत्रका नागरिकलाई पानीको समस्याबाट मुक्त गराउने एवं उन्नत जीवनशैली प्रदान गर्न मद्दत पु¥याउने मन्त्री यादवको भनाइ थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १० : ०८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको