सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव | Khabarhub Khabarhub

सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मोरङ – खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार नेपाली जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी उपलब्ध गराउन कटिबद्ध रहेको बताएका छन् ।

निरन्तर पानी आपूर्ति परियोजनाको विस्तार तथा स्थानीय विकासका योजनामा काम गर्दै समग्र मोरङ जिल्लामा पानीको पहुँच सुधार्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।

मोरङको उर्लाबारीमा निर्मित उर्लाबारी वृहत् सह–लगानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले भने, “हामी निरन्तर पानी आपूर्ति परियोजनाको विस्तार र स्थानीय विकासका योजनामा काम गरिरहेका छौँ ।”

मन्त्री यदावले स्थानीय बासिन्दाका लागि स्वच्छ र पर्याप्त पानीको पहुँच सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको उक्त परियोजनाले पानी आपूर्ति प्रणालीमा सुधार ल्याउने बताए । उनले भने, “उर्लाबारी वृहत् सह–लगानी आयोजनाले स्थानीय विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छु, यहाँका नागरिकले शुद्ध र स्वच्छ पानी खान पाउने छन् ।”

उक्त आयोजनाले उर्लाबारी क्षेत्रका नागरिकलाई पानीको समस्याबाट मुक्त गराउने एवं उन्नत जीवनशैली प्रदान गर्न मद्दत पु¥याउने मन्त्री यादवको भनाइ थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १० : ०८ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका