भारतीय प्रधानमन्त्री मोदीले गरे गुएनाको भ्रमण « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीले गरे गुएनाको भ्रमण


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण अमेरिकी मुलुक गुएनाको भ्रमण गरेका छन् । गुएना भ्रमणमा गएका प्रधानमन्त्री मोदीलाई त्यहाँका राष्ट्रपति मोहम्मद इरफान अली र दर्जनौँ मन्त्रीहरुले विमानस्थलमा स्वागत गरेका थिए ।

उनलाई राजधानी जर्जटाउनमा ‘गार्ड अफ अनर’ समेत प्रदान गरियो । गुएनामा उनलाई त्यहाँको सबैभन्दा ठूलो नागरिक सम्मान पनि प्रदान गरिएको छ ।

गुएनाका ४० प्रतिशतभन्दा धेरै जनसङ्ख्या भारतीय मूलका रहेका छन् । अफ्रिकी मुलुक नाइजेरिया र अर्को दक्षिण अमेरिकी मुलुक ब्राजिलको भ्रमण सकेर प्रधानमन्त्री मोदी गुएना पुगेका हुन् ।

कुनै पनि भारतीय प्रधानमन्त्रीले गुएनाको भ्रमण गरेको ५६ वर्षमा यो पहिलो अवसर हो । यसअघि सन् १९६८ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले गुएनाको भ्रमण गरेकी थिइन् ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १ : ५१ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित