मेथी खानुका १० फाइदा यस्ता छन् | Khabarhub Khabarhub

मेथी खानुका १० फाइदा यस्ता छन्


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रूपमा व्याख्या गरिएको छ । प्राचीनकाल देखिनै औषधीय गुणका कारण यसलाई तरकारी तथा औषधीको रूपमा प्रयोग गरिँदै आएको छ ।

मेथीको दाना र साग स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । यहाँ हामीले मेथीको साग र मेथीका दानाले मानव स्वास्थ्यमा पुर्‍याउने फाइदाका बारेमा जानकारी दिएका छौँ ।

मेथीको दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फोस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छ । यसका साथै, यसमा भरपुर मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, सुगर, फस्फरोस एसिडजस्ता पौष्टिक तत्त्व पाइन्छ । मेथीको दानामा अत्यधिक पौष्टिक तत्त्व पाइन्छ । यसलाई राति भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई समाधान गर्न फाइदा पुर्‍याउने गर्दछ ।

यी हुन् मेथी खानुका फाइदाहरू

१. मेथीमा उच्च मात्रामा फाइवर हुन्छ । यसले पाचन प्रणालीमा सहयोग गर्छ । यसले शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पनि कम गर्दिन्छ । बिहानमा एक गिलास मेथीको पानी पिउनुस् यसले शरीरलाई अत्यन्तै फाइदा गर्छ ।

२.  भिजाइएको मेथी दानाले पाचन क्रियालाई बलियो बनाउँछ । कब्जियतसहित पेटका विभिन्न समस्यालाई टाढै राख्छ ।

३. मेथी दानाको दैनिक जसो प्रयोग गर्दा बाँझोपनजस्ता समस्या हुँदैन ।

४. मेथी दाना नियमित रूपमा खाँदा ग्याष्ट्रिकको समस्याबाट बच्न सकिन्छ ।

५. मेथीमा पाइने् सोलुबल फाइबर्सले ब्लड सुगरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।

६. यसमा पाइने गेलाक्टोमेनन र पोटासियमले हृदयघातबाट बचाउन सहयोग पुर्‍याउँछ ।

७. मेथीले चायाँ, पोतो, डण्डीफोरबाट बचाउनका साथै शरीरको टक्सिन बाहिर निकालेर छालालाई स्वस्थ बनाउँछ ।

८. बिहान दैनिक भिजाइएको मेथी दाना खाँदा कपाल चाँडै सेतो हुँदैन र झर्न रोकिन्छ ।

९. पाचन क्रियालाई बलियो बनाएर कब्जियत र एसिडिटीलाई टाढै राख्छ । यसले पायल्सको समस्याबाट पनि राहत प्रदान गर्छ ।

१०. धेरै पिसाब लाग्नु वा पिसाबको संक्रमणजस्तो समस्यालाई टाढा राख्न सहयोगी भूमिका खेल्छ ।

 मेथीको सागका पनि यस्ता छन् फाइदा

१. मेथीको साग वा मेथीको दानाको चूर्ण प्रतिदिन खाँदा तपाईँको वजन नियन्त्रणमा रहन्छ, र बोसोको मात्रा बिस्तारै कम हुँदै जान्छ ।

२. घरका बृद्धबृद्धाहरुले जाडोमा मेथी र ड्राइफुडको लड्डु खाएको तपाईँले देख्नुभएको होला । यसको प्रमुख कारण यो हो कि मेथीको सेवनले जोर्नीको दुखाइबाट मुक्ति दिन्छ । यसको बिउ होस वा पात, दुवैले जोर्नीको दुखाइलाई समानरुपले हल गर्छन् ।

४. मेथीको हरियो पातको तरकारीमा प्याज हालेर खाँदा रक्तचापको समस्याबाट छुटकारा पाउन सकिन्छ । न्यून रक्तचाप हुनेहरूका लागि पनि मेथीको मसलावाला सागले फाइदा पुर्‍याउँछ । खास गरी अदुवा र गरम मसला यसमा लाभकारी हुन्छन् ।

५. यदि तपाईँलाई बारम्बार पिसाब आउने समस्या छ भने मेथीको पातको रसले तपाईँलाई निकै फाइदा पुग्छ । दैनिक यसको सेवनबाट तपाईँको समस्या बिलकुल समाप्त भएर जान्छ ।

६. मेथीको साग नित्य सेवन गर्दा मुटुसम्बन्धी रोगलाई नजिक आउन दिँदैन । यसले हृदयाघातको सम्भावनालाई निमिट्यान्न बनाउँछ र तपाईँ आफ्नो मुटुलाई पूर्णरुपमा स्वस्थ राख्न सक्नुहुन्छ ।

८. पेटमा किरा परेको बेलामा पनि मेथीले एउटा सटिक औषधिको काम गर्छ । अधिकांश बच्चामा यो समस्या देखिन्छ । यस्तोमा मेथीको पातको रस निकालेर बच्चालाई प्रतिदिन एक चम्चा खुवाउनुपर्छ ।

९. धेरैजसो मानिसहरूलाई पेटसम्बन्धी समस्या हुने गर्दछ । जसमध्ये कब्जियत र ग्यास्ट्रिक प्रमुख हुन् । मेथीको हरियो साग खानाले पाचन तन्त्रले सुचारु रूपमा काम गर्नुका साथै कब्जियत वा ग्यास्ट्रिक जस्ता समस्याबाट छुटकारा दिलाउँछ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ७ : २१ बजे

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

मध्यविन्दु– नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले

‘इन्टिग्रिटी आइडल’नै भ्रष्टाचारमा मुछिए, उपसचिव नेपालविरुद्ध साढे २५ लाखको बिगोसहित अख्तियारको मुद्दा

काठमाडौं- ‘इन्टिग्रिटी आइडल’ घोषित एकजना उपसचिवविरुद्ध २५ लाख रुपैयाँको भ्रष्टाचार

मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

खोटाङ- दिक्तेल बजारमा स्थापना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ का

माधव नेपाल मुछिएको पतञ्जलि प्रकरणमा झलनाथको प्रतिक्रिया- त्यो अदालतको विषय बनिसक्यो

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पतञ्जलिको जग्गा