इजरायलले पहिलो पटक स्वीकार्‍यो- हमास नेता हानियालाई तेहरानमै मार्‍यौँ « Khabarhub

इजरायलले पहिलो पटक स्वीकार्‍यो- हमास नेता हानियालाई तेहरानमै मार्‍यौँ


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

तेहरान – इजरायली रक्षा मन्त्रालयले पहिलो पटक इरानको राजधानी तेहरानमा हमास नेता मोहम्मद हानियालाई मारेको कुरा स्वीकारेको छ।

इरानको सहयोगमा इजरायलसँग लडिरहेको यमनको विद्रोही हाउथी समूहलाई पनि आक्रमणको निशाना बनाइरहेको रक्षा मन्त्रालयले जनाएको छ।

इजरायली रक्षामन्त्री इज्रायल काट्जले कतारबाट आएर इरानको राजधानी तेहरानस्थित एक घरमा बसिरहेको समयमा हानियालाई मारेको पहिलो पटक स्वीकारेका हुन् ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग युद्धविरामको सम्भावना बढिरहे बताएका छन् । तर यसको डेटलाइन भन्न असमर्थ रहेको उनले बताएका छन्। हमास र इजरायलबीचको युद्धविराम प्रक्रियाको ९० प्रतिशत काम पूरा भइसकेको जनाइएको छ।

काट्जले हाउथी र यसको नेतृत्वले ठूलो क्षति व्यहोर्ने चेतावनी दिएका छन्। उनले हिजबुल्लाह, हमास र यसका नेतामाथि गरेको जस्तै हाउथी र उसका नेतामाथि पनि आक्रमण गर्ने चेतावनी दिए।

हानिए र याया सिनवरको मृत्युपछि हमास अहिले नयाँ नेताको खोजीमा छ। सिनवरको गत अक्टोबरमा गाजामा भएको इन्काउन्टरमा मृत्यु भएको थियो। सेप्टेम्बरमा हिजबुल्लाहका नेता हसन नसरल्लाहको ज्यान गएको थियो।

अक्टोबर महिनामा गाजामा इजरायलले आक्रमण गरेपछि यमनको उत्तर पश्चिममा प्रभावमा रहेको हाउथीले इजरायल र रेडसीमा रहेको अन्तर्राष्ट्रिय जहाजमा आक्रमण गरेको हो।

हाउथीले गत साता इजरायलमा बिलास्टिक मिसाइल प्रहार गरेको थियो भने इजरायलले पनि सानामा रहेको हाउथीको सैन्य संरचनामा आक्रमण गरेको थियो।

अन्तर्राष्ट्रिय जहाजलाई जोगाउने क्रममा अमेरिका र बेलायतले पनि हाउथीमाथि आक्रमण गरेको थियो।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ६ : ४७ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल