च्यासलको क्याफेमा ग्राहकको हत्या, काउन्टरका कर्मचारी पक्राउ, मालिक पनि समातिए « Khabarhub

च्यासलको क्याफेमा ग्राहकको हत्या, काउन्टरका कर्मचारी पक्राउ, मालिक पनि समातिए


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिका-९ च्यासलस्थित एक क्याफेका कर्मचारीले ग्राहकको हत्या गरेका छन् ।

ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर कोइरालाका अनुसार गएराति क्याफेमा आएका ग्राहकको काउन्टरमा कार्यरत कर्मचारीले हत्या गरेका हुन् ।

बिल तिर्ने विषयमा विवाद हुँदा च्यासलस्थित टाउन अफ क्याफेको काउन्टरमा काम गर्ने कर्मचारीले ग्राहकलाई चक्कु हानेर ज्यान लिएको खनालले बताए ।

विवादपछि काउन्टरमा काम गर्ने कर्मचारी डडेलधुरा घर भई ललितपुर महानगरपालिका-९ च्यासल बस्ने २६ वर्षीय हेमराज भट्टलले सुनसरीको इटहरी घर भएका २३ वर्षीय नयन गुरूङ हत्या गरेका हुन् ।

यी दुईजनाबीच विवादपछि क्याफेबाहिर कुटाकुट भएको थियो । त्यही क्रममा क्याफेको काउन्टरमा काम गर्ने भट्टले गुरुङलाई चक्कु हान्दा ज्यान गएको खनालले बताए ।

भट्टलाई सोमबार राति नै ललितपुर प्रहरीले पक्राउ गरिसकेको छ । भट्टले विवादका क्रममा चक्कु हान्दा गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि बीएण्डबी अस्पताल ग्वार्को लगिएको थियो । तर उनको उपचारका क्रममा ज्यान गएको हो ।

घटनाको खबर पाएलत्तै प्रहरी प्रभाग बालकुमारी र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले भट्टलाई पक्राउ गरी हिरासतमा लिइसकेको छ ।

प्रहरीले यो घटनाको थप अनुसन्धानका लागि क्याफेका सञ्चालक र कुकलाई नियन्त्रणमा लिएको खनालले जानकारी दिए ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १२ : ११ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न