बालकोटमा बाबुछोराको हत्या : प्रहरीको नियन्त्रणमा जेठा मिलन, भक्तपुर लगिँदै « Khabarhub

बालकोटमा बाबुछोराको हत्या : प्रहरीको नियन्त्रणमा जेठा मिलन, भक्तपुर लगिँदै


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर–जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका कान्छा छोरा मृत भेटिएको प्रकरणमा बेपत्ता मिलन आचार्य पक्राउ परेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय निमित्त कार्यालय प्रमुख आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा सोमबार मृत भेटिएका थिए ।

तर उनीहरूसँगै शनिबार राति उक्त घरमा सुतेका जेठा छोरा मिलन भने बेपत्ता थिए । शनिबार राति सुतेका बाबु र कान्छा छोरा मृत भेटिँदा बेपत्ता रहेका जेठा छोरा मिलन भने बेपत्ता थिए ।

आइतबार बिहान ३ बजे कोठाबाट निस्किएर बेपत्ता भएका उनलाई मंगलबार बिहान महाराजगञ्ज प्रहरी बृत्तले पक्राउ गरेको हो ।

हाल महाराजगञ्ज प्रहरी बृत्तमा रहेका उनलाई लिन टोली पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधवप्रसाद बुढाथोकीले खबरहबलाई जानकारी दिए ।

‘आइतबार बिहान ३ बजेदेखि मिलन कोठाबाट स्कुटर चढेर हिँडेको देखिएको थियो । सातदोबाटोसम्म पुगेको पत्ता लागेको थियो । मंगलबार बिहान महाराजगञ्ज बृत्तमा पुगेपछि पक्राउ गरिएको छ’, उनले भने, ‘अहिले हाम्रो टोली लिन जाँदैछ। ल्याइसकेपछि विस्तृत विवरण खुल्छ ।’

प्रहरी श्रोतका अनुसार मिलनले बुवा र भाइको हत्या गरेको स्वीकारेका छन् । उनले शारीरिक अभ्यासका लागि प्रयोग गरिने ड्रमबेलले हानेर दुवैजनाको हत्या गरेको प्रहरीले अनुमान गरेको छ ।

यद्यपि अहिले छानबिन जारी छ । शनिबार राति बुवा र भाइलाई आफैंले मासुभात पकाएर खुवाएका मिलनले अचानक किन यति कठोर निर्णय लिए भन्ने खुलिसकेको छैन।

हुलाकका निमित्त कार्यालय प्रमुख आचार्य खोटाङबाट पाँच दिनअघि मात्रै जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा पुगेका थिए । बाहिरबाट चाबी लगाएको कोठाभित्र आचार्य बाबुछोराको सोमबार बिहान प्रहरीले भेट्टाएको थियो । दुई दिनसम्म पनि कोठा नखुलेपछि शंका लागेर घरमालिकले प्रहरीलाई बोलाएका थिए ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक बुढाथोकीले घटनास्थल र लाशमा देखिएको चोट हेर्दा हत्या भएको निष्कर्षमा प्रहरी पुगेको बताएका छन् ।

आचार्य बाबुछोराको घाँटी, टाउकोसहितका भागमा निलोडाम देखिएको छ । धारिलो हतियार भने प्रयोग भएको देखिएको छैन ।
उनीहरूसँगै कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १२ : ४६ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न