बालकोटमा बाबुछोराको हत्या : प्रहरीको नियन्त्रणमा जेठा मिलन, भक्तपुर लगिँदै « Khabarhub

बालकोटमा बाबुछोराको हत्या : प्रहरीको नियन्त्रणमा जेठा मिलन, भक्तपुर लगिँदै


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर–जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका कान्छा छोरा मृत भेटिएको प्रकरणमा बेपत्ता मिलन आचार्य पक्राउ परेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय निमित्त कार्यालय प्रमुख आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा सोमबार मृत भेटिएका थिए ।

तर उनीहरूसँगै शनिबार राति उक्त घरमा सुतेका जेठा छोरा मिलन भने बेपत्ता थिए । शनिबार राति सुतेका बाबु र कान्छा छोरा मृत भेटिँदा बेपत्ता रहेका जेठा छोरा मिलन भने बेपत्ता थिए ।

आइतबार बिहान ३ बजे कोठाबाट निस्किएर बेपत्ता भएका उनलाई मंगलबार बिहान महाराजगञ्ज प्रहरी बृत्तले पक्राउ गरेको हो ।

हाल महाराजगञ्ज प्रहरी बृत्तमा रहेका उनलाई लिन टोली पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधवप्रसाद बुढाथोकीले खबरहबलाई जानकारी दिए ।

‘आइतबार बिहान ३ बजेदेखि मिलन कोठाबाट स्कुटर चढेर हिँडेको देखिएको थियो । सातदोबाटोसम्म पुगेको पत्ता लागेको थियो । मंगलबार बिहान महाराजगञ्ज बृत्तमा पुगेपछि पक्राउ गरिएको छ’, उनले भने, ‘अहिले हाम्रो टोली लिन जाँदैछ। ल्याइसकेपछि विस्तृत विवरण खुल्छ ।’

प्रहरी श्रोतका अनुसार मिलनले बुवा र भाइको हत्या गरेको स्वीकारेका छन् । उनले शारीरिक अभ्यासका लागि प्रयोग गरिने ड्रमबेलले हानेर दुवैजनाको हत्या गरेको प्रहरीले अनुमान गरेको छ ।

यद्यपि अहिले छानबिन जारी छ । शनिबार राति बुवा र भाइलाई आफैंले मासुभात पकाएर खुवाएका मिलनले अचानक किन यति कठोर निर्णय लिए भन्ने खुलिसकेको छैन।

हुलाकका निमित्त कार्यालय प्रमुख आचार्य खोटाङबाट पाँच दिनअघि मात्रै जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा पुगेका थिए । बाहिरबाट चाबी लगाएको कोठाभित्र आचार्य बाबुछोराको सोमबार बिहान प्रहरीले भेट्टाएको थियो । दुई दिनसम्म पनि कोठा नखुलेपछि शंका लागेर घरमालिकले प्रहरीलाई बोलाएका थिए ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक बुढाथोकीले घटनास्थल र लाशमा देखिएको चोट हेर्दा हत्या भएको निष्कर्षमा प्रहरी पुगेको बताएका छन् ।

आचार्य बाबुछोराको घाँटी, टाउकोसहितका भागमा निलोडाम देखिएको छ । धारिलो हतियार भने प्रयोग भएको देखिएको छैन ।
उनीहरूसँगै कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १२ : ४६ बजे

बाढीपहिरोको जोखिम बढेपछि कान्ति राजमार्गमा दुईदिन रात्रिकालीन सवारी आवागमन बन्द

हेटौँडा– अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचबिखन गर्न आग्रह

बाँके– नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचबिखन गर्न

मिडिया हाउसमाथि हस्तक्षेपको शैलीले सुशासनको खिल्ली उडाएको जेनजी अभियन्ता बमको आरोप

काठमाडाैँ – जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते

रौतहट– फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा

सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध