वर्तमान सरकारसँग जनता सन्तुष्ट हुने ठाउँ छैन : डिला संग्रौला « Khabarhub

वर्तमान सरकारसँग जनता सन्तुष्ट हुने ठाउँ छैन : डिला संग्रौला


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बुटवल- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकारको कार्यशैलीप्रति जनता सन्तुष्ट हुन नसकेको बताएकी छन् ।

मंगलबार रिपोर्टस क्लब लुम्बिनी प्रदेशले बुटबलमा गरेको साक्षात्कारमा संग्रौलाले भनिन्, ‘जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो पूरा गर्न सफल भएको देखिएन ।’

कांग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभुति नगरेको, सरकार सञ्चालनकहरू अल्मलिएको पाइएको उनले बताइन्।

उनले मुलुकको अस्थिरता हटाउन र संविधान संशोधनका लागि ठूला दल मिलेर सरकार बनाएको भन्दै गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

संविधान संशोधनबाट निर्वाचन प्रणाालीसहितका संरचनामा सुधारका लागि प्रक्रिया अगाडि बढेको उनले बताएकी छन् ।

संग्रौलाले क्रियाशील सदस्यता वितरणसँगै महाधिवेशनको तयारी अघि बढेको बताउँदै समयमै कांग्रेसको महाधिवेशन हुने कुरामा विश्वस्त भएको धारणा राखिन् ।

कांग्रेसको आगामी महाधिवेशनमा पार्टीको नेतृत्वका लागि कोही कसैको उत्तराधिकारी नहुने बताउँदै उनले भिजन र मिसन भएको व्यक्तिले पार्टीको नेतृत्व गर्ने उल्लेख गरिन् ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १२ : ५९ बजे

मध्यपूर्वमै छन् १७ लाख २९ हजार नेपाली, कुन देशमा कति ?

काठमाडौं– दुई दिनदेखि इरानमा इजरायली र अमेरिकी आक्रमणपछि मध्यपूर्वमा रहेका

युद्धग्रस्त इरानमा अझै पनि छन् ६ जना नेपाली

काठमाडौं- दुई दिनदेखि इजरायली र अमेरिकी आक्रमण झेलिरहेको इरानमा अझै

निर्वाचन र होलीलक्षित स्वास्थ्य तयारी सुदृढ गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधि सभा निर्वाचन तथा होली

सर्वोच्च नेता मारिएपछि इरानी राष्ट्रपतिले के भने ?

काठमाडौं- इजरायल र अमेरिकाले गरेको संयुक्त हमलामा सर्वोच्च नेता मारिएपछि

धनकुटाको पारिछाप्राङका कमलबहादुरको नमूना गाई फार्म

काठमाडौं– पछिल्लो समयमा नेपालमा स्वरोजगार तथा व्यावसायिक सम्भावना नदेखेर धेरै