वर्तमान सरकारसँग जनता सन्तुष्ट हुने ठाउँ छैन : डिला संग्रौला | Khabarhub Khabarhub

वर्तमान सरकारसँग जनता सन्तुष्ट हुने ठाउँ छैन : डिला संग्रौला


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बुटवल- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकारको कार्यशैलीप्रति जनता सन्तुष्ट हुन नसकेको बताएकी छन् ।

मंगलबार रिपोर्टस क्लब लुम्बिनी प्रदेशले बुटबलमा गरेको साक्षात्कारमा संग्रौलाले भनिन्, ‘जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो पूरा गर्न सफल भएको देखिएन ।’

कांग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभुति नगरेको, सरकार सञ्चालनकहरू अल्मलिएको पाइएको उनले बताइन्।

उनले मुलुकको अस्थिरता हटाउन र संविधान संशोधनका लागि ठूला दल मिलेर सरकार बनाएको भन्दै गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

संविधान संशोधनबाट निर्वाचन प्रणाालीसहितका संरचनामा सुधारका लागि प्रक्रिया अगाडि बढेको उनले बताएकी छन् ।

संग्रौलाले क्रियाशील सदस्यता वितरणसँगै महाधिवेशनको तयारी अघि बढेको बताउँदै समयमै कांग्रेसको महाधिवेशन हुने कुरामा विश्वस्त भएको धारणा राखिन् ।

कांग्रेसको आगामी महाधिवेशनमा पार्टीको नेतृत्वका लागि कोही कसैको उत्तराधिकारी नहुने बताउँदै उनले भिजन र मिसन भएको व्यक्तिले पार्टीको नेतृत्व गर्ने उल्लेख गरिन् ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १२ : ५९ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको

सभामुख घिमिरे दलका प्रमुख र मुख्य सचेतकसँग छलफलमा

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे राजनीतिक दलका प्रमुख तथा मुख्य

गोरखाका सामुदायिक विद्यालयमा च्याउखेती

गोरखा– शहीद लखन गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसँगै विद्यार्थीमा

वनहरामा पक्की पुल निर्माण अन्तिम चरणमा

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ स्थित वनहरा नदीमा पक्की पुल निर्माण अन्तिम

अछाममा गोठालो गएका दुई किशोरी मृत फेला

काठमाडौं– अछाममा बाख्रा चराउन जङ्गल गएका दुई किशोरी मृत फेला