नागरिक लागानी कोषले १३ प्रतिशत बोनस दिने  « Khabarhub

नागरिक लागानी कोषले १३ प्रतिशत बोनस दिने 


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नागरिक लागा नि कोषले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई बोनस दिने भएको छ । कम्पनीका सञ्चालक समिति सचिव नवराज खड्काका अनुसार कम्पनीले १३ प्रतिशत बोनस दिने भएको हो ।

कोषले चुक्ता  पुँजीको ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिने भएको छ । लाभांश प्रस्ताव पारित सहित विभिन्न एजेन्डा पारित गर्ने कोषले पुस २९ गते सोमबार वार्षिक साधारणसभा गर्ने भएको छ ।

कोषले विशान ११ बजेदेखि आफ्नो केन्द्रीय कार्यालय, सिआईटी विल्डिङ, नयाँ बानेश्वर, काठमाडौंमा ३० औँ वार्षिक साधारणसभा गर्ने भएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस २२ गते सोमबार एक दिनको लागि बुक क्लोज गर्ने भएको छ । पुस २१ गतेसम्म कायम हरेका शेयर धनिले मात्र कम्पनीले प्रस्ताव गरेको बोनस पाउने छन् ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १ : १८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको