दुईदलीय कार्यदल बनाएर संविधान संशोधनको प्रक्रिया हुन्छ : गृहमन्त्री  « Khabarhub

दुईदलीय कार्यदल बनाएर संविधान संशोधनको प्रक्रिया हुन्छ : गृहमन्त्री 


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले कांग्रेस र नेकपा एमालेको कार्यदल बनाएर संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौँ राष्ट्रिय महाधिवेशन तथा ४२ औँ वार्षिक साधारण सभामा बोल्दै गृहमन्त्री लेखकले सरकारले संविधान संशोधन गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको समेत दाबी गरे ।

उनले छिटै दुई दलीय कार्यदल बनाएर छलफल सुरु गर्ने बताउँदै संविधान संशोधनका लागि राष्ट्रिय सहमति बनाउने समेत तर्क सुनाए ।

संविधानको समीक्षाका साथै विषयवस्तुको पहिचान गरेर संशोधनको प्रक्रिया अघि बढाइने उनको भनाइ छ । गृहमन्त्री लेखकले संविधान संशोधनका लागि भने केही समय लाग्ने जनकारी गराए ।

उनले समावेशितालाई कमजोर गर्न नभई थप सुदृढ बनाउनका लागि संविधान संशोधन गरिने प्रतिबद्धता व्यक्त गरे ।

लेखकले संविधानको भावना अनुसारको कानुन बन्न नसकेकाले दलित समुदायको अधिकार प्रत्याभूत हुन नसकेको उल्लेख गर्दै दलित समुदायको अधिकार स्थापित गर्नका लागि थप कानुन निर्माण गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  २ : ३८ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १