इतिहास रच्दै ‘पुष्पा–२’, व्यापार १५ सय करोड नाघ्यो « Khabarhub

इतिहास रच्दै ‘पुष्पा–२’, व्यापार १५ सय करोड नाघ्यो


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तेलगु नायक अल्लु अर्जुनको केन्द्रीय भूमिका रहेको फिल्म ‘पुष्पा–२’ले व्यापारले १५ सयको आँकडा पार गरेको छ ।

प्रदर्शनको १९ दिनमा यस फिल्मले विश्वव्यापीरुपमा भारतीय रुपैयाँ १५२६ करोडको व्यापार गरेको हो ।

उक्त अवधिमा तेलगु भाषामा मात्रै यस फिल्मले ३०७ करोड भारुको व्यापार गरेको छ । यस अवधिमा हिन्दी भाषाबाटै मात्र यस फिल्मले भारु ६९० करोडको ग्रस कलेक्सन गरेको ।

१९ औँ दिनमा आइपुग्दा पनि यस फिल्मले हिन्दी भाषामा १० करोड माथिको व्यापार गरेको छ ।

अबको केही दिनमै यो फिल्म हिन्दी भाषामा कलेक्सनका ७०० करोड क्लबमा प्रवेश गर्ने पक्का भएको छ ।

भारतीय मिडिया अमर उजालाका अनुसार ७०० करोडमा प्रवेश भएको अवस्थामा यो फिल्मले कीर्तिमान राख्नेछ । भारतीय फिल्मको इतिहासमा अहिलेसम्म कुनै हिन्दी भाषामा मात्रै यो आँकडा पार गर्न सकेका छैनन् ।

यसअघि हिन्दी भाषामा सबैभन्दा बढी कमाइ गर्ने फिल्म शाहरुख खान अभिनित ‘जवान’ हो । यसले हिन्दी भाषामा ५८२ करोड भारु ग्रस कलेक्सन गरेको थियो ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  २ : ४८ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर