ड्रागन बोट फेस्टिभल : फेवामा सहभागी टोलीको रिहर्सल (तस्बिरहरू) « Khabarhub

ड्रागन बोट फेस्टिभल : फेवामा सहभागी टोलीको रिहर्सल (तस्बिरहरू)


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पोखरा- ड्रागन बोट फेस्टिभलको तयारीस्वरुप पोखरास्थित फेवातालमा सहभागी टोलीले रिहर्सल गरेका छन् ।

आगामी पुस १४ र १५ गते हुने दोस्रो ड्रागन बोट फेस्टिभलको तयारीका क्रममा फेवातालमै सहभागी टोलीले रिहर्सललाई तीव्र पारेका हुन् ।

ड्राग बोट फेस्टिभलको दोस्रो संस्करणमा नेपालबाट ११ समूह, चीनबाट ८ र सिंगापुरबाट १ समूह गरी २० समूहमा भाग लिँदैछन् ।

२ सय मिटर र ५ सय मिटर दूरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले ५ हजार अमेरिकी डलर, उपविजेताले २ हजार डलर र तृतीयले १ हजार २ सय डलर पुरस्कार पाउने छन् । सहभागी बाँकी १७ समूहलाई प्रतिसमूह ५ सय डलर दिइनेछ।

नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा यो कार्यक्रम हुँदैछ ।

​​नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा टुरिजम काउन्सिल र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको समेत संयुक्त आयोजना पोखरा दोस्रो ड्रागन बोट फेस्टिभल हुन लागेको हो ।

चीन सरकारकै पहलमा नेपालमा पहिलो पटक २०२३ मा ड्रागन बोट फेस्टिभल आयोजना गरिएको थियो । चीनले यस्ता प्रतियोगिता विश्वका ५० देशमा गर्ने गरेको छ । प्रतियोगिताले नेपाल र चीनका नागरिकबीच सम्बन्ध बलियो बनाउनुका साथै नेपालको पर्यटन प्रर्वद्धन हुने अपेक्षा छ ।

चिनियाँले मनाउने यस पर्वलाई २००९ देखि युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदा मानेको छ । चीनमा प्रचलित लुनार क्यालेन्डरको पाँचौँ महिनाको ५ गते ड्रागन बोट फेस्टिभल आयोजना हुन्छ ।

चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यो चाड मनाउने परम्परा छ । चाड मनाउन चीन सरकारले सार्वजनिक बिदा पनि दिन्छ । चीनमा बालबालिकादेखि वृद्धवद्धासम्मले हर्षोल्लासपूर्वक यो चाड मनाउँछन् । चिनियाँ भाषामा ‘डुआन्यु जी’ भनिने ड्रागन बोट फेस्टिभल चीनका चार ठूलामध्ये एक चाड हो । चीनमा ड्रागनलाई सकारात्मक शक्ति मानिन्छ ।

चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजारका रुपमा छ । सन् २०१९ मा चीनबाट १ लाख ६९ हजार ५ सय ३४ र २०२३ मा ६० हजार ८ सय ७४ पर्यटक नेपाल आएका थिए । २०२४ जनवरीदेखि नोभेम्बरसम्म ९२ हजार ८ सय ४८ चिनियाँ पर्यटक आइसकेका छन्।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ५ : ३३ बजे

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने

चीन सरकारको चासोपछि अन्तर्राष्ट्रिय तिब्बत अध्ययन सम्मेलन रद्द

काठमाडौं – भदौ पहिलो साताका लागि काठमाडौंमा तय गरिएको इन्टरनेसनल