विद्युत् विकासबाट समृद्धि प्राप्त हुन्छ : मन्त्री खड्का « Khabarhub

विद्युत् विकासबाट समृद्धि प्राप्त हुन्छ : मन्त्री खड्का


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

किमाथांका – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले विद्युत् विकासबाट समृद्धि प्राप्त गर्न सहज हुने बताएका छन् ।

नेपाल प्रेस युनियन सङ्खुवासाले मंगलबार सदरमुकाम खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खड्काले नदी तथा खोलाबाट बिजुली निकालेर मुलुकलाई सम्पन्न बनाउने सरकारको लक्ष रहेको बताए।

 सरकारले ठूला आयोजनामा गरिब तथा विपन्नको लगानी सुनिश्चित गर्ने उनको भनाइ थियो । विसं २०३५ सम्ममा मुलुकमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको मन्त्री खड्काले  उल्लेख गरे।

‘पछिल्लो पाँच महिनामा नौ सय ५० मेगावाट बिजुली बिक्री गरेका छौँ ।  सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत्  पुर्याउने लक्ष्य लिएको छ’, उनले भने।

अरुणबाट मात्रै पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने र त्यसबाटै जिल्लालाई पनि समृद्ध बनाउन सकिने उनको भनाइ थियो । नौ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले यसबाट मुलुकलाई आर्थिकरुपमा सम्पन्न बनाउने सकिने बताए।

सङ्खुवासभामै एक हजार ६१ मेगावाटको माथिल्लो अरुणसमेत सरकारको लगानीमा निर्माण गर्ने तयारी भइरहेको मन्त्री खड्काले बताए। खाँदबारीमा आयोजित कांग्रेसकोे ‘एक सय दिने अभियान’मा सहभागी हुन उनी यहाँ आएका हुन् ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ५ : ३८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।