राप्रपाले वर्तमान सरकारविरुद्ध भण्डाफोर अभियान चलाउने « Khabarhub

राप्रपाले वर्तमान सरकारविरुद्ध भण्डाफोर अभियान चलाउने


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेस-एमाले गठबन्धन सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान सरकारका कारण भ्रष्टाचार संस्थागत भएको भन्दै भण्डाफोर अभियान चलाउने भएको हो ।

यो सरकारका कारण मुलुक अस्तव्यस्त भएको निष्कर्ष निकाल्दै सातै प्रदेश र अन्य तहमा भण्डाफोर अभियान र विरोध कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

ठूला दल मिलेर बनेको सरकारले जनतामा आशा जगाउन नसकेको उनले बताए। त्यस्तै सरकारले अर्थतन्त्र चलायनमान गराउन नसकेको, असन्तुलित परराष्ट्र नीतिका कारण अन्तर्राष्ट्रिय सम्बन्धमासमेत नेपाल भूराजनीतिक चक्रव्यूहमा फस्ने खतरामा पुगेको निष्कर्ष बैठकले निकालेको जानकारी उनले दिए ।

बैठकमा पार्टीको आन्तरिक जिल्ला अधिवेशन तयारीको समिक्षा गरिएको लिङ्देनले बताएका छन् ।

बैठकले सहकारी पीडितहरूको बचत फिर्ताको सुनिश्चितता गर्न र बचत फिर्ताको माग गर्दै आन्दोलितमाथि सरकारी दमन तुरुन्त रोक्न पनि माग गरेको छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ५ : ४९ बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ