राप्रपाले वर्तमान सरकारविरुद्ध भण्डाफोर अभियान चलाउने | Khabarhub Khabarhub

राप्रपाले वर्तमान सरकारविरुद्ध भण्डाफोर अभियान चलाउने


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेस-एमाले गठबन्धन सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान सरकारका कारण भ्रष्टाचार संस्थागत भएको भन्दै भण्डाफोर अभियान चलाउने भएको हो ।

यो सरकारका कारण मुलुक अस्तव्यस्त भएको निष्कर्ष निकाल्दै सातै प्रदेश र अन्य तहमा भण्डाफोर अभियान र विरोध कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

ठूला दल मिलेर बनेको सरकारले जनतामा आशा जगाउन नसकेको उनले बताए। त्यस्तै सरकारले अर्थतन्त्र चलायनमान गराउन नसकेको, असन्तुलित परराष्ट्र नीतिका कारण अन्तर्राष्ट्रिय सम्बन्धमासमेत नेपाल भूराजनीतिक चक्रव्यूहमा फस्ने खतरामा पुगेको निष्कर्ष बैठकले निकालेको जानकारी उनले दिए ।

बैठकमा पार्टीको आन्तरिक जिल्ला अधिवेशन तयारीको समिक्षा गरिएको लिङ्देनले बताएका छन् ।

बैठकले सहकारी पीडितहरूको बचत फिर्ताको सुनिश्चितता गर्न र बचत फिर्ताको माग गर्दै आन्दोलितमाथि सरकारी दमन तुरुन्त रोक्न पनि माग गरेको छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ५ : ४९ बजे

कञ्चनपुरका तीन स्थानीय तहमा विद्युत् आपूर्ति बन्द हुने

कञ्चनपुर– जिल्लाका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द

राप्रपाको केन्द्रीय समिति बैठक आजबाट 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समितिको बैठक आजबाट सुरु

स्थानीको विरोधपछि रेलमार्ग निर्माणको काम रोकियो

जलेश्वर – स्थानीयवासीको विरोधका कारण महोत्तरीको बर्दिबासमा रेलमार्ग निर्माणको काम

तीन प्रदेशको मौसम आंशिक बदली रहने

काठमाडौं– हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव

अमेरिकी डलरको भाउ बढ्दा कुन-कुन विदेशी मुद्राको घट्यो ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर