सलोन बस्नेतको ‘रंगी’को जापान राइट्स बिक्री « Khabarhub

सलोन बस्नेतको ‘रंगी’को जापान राइट्स बिक्री


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक सलोन बस्नेतले निर्माण गरेको फिल्म ‘रंगी’को जापान प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण पक्षले मंगलबार युना इन्टरटेनमेन्टलाई प्रदर्शन अधिकार बेचेको जानकारी दिएको हो ।

निर्माण पक्षले प्रदर्शन अधिकार कतिमा बेचको हो भन्ने खुलाएको छैन । तर, युना इन्टरटेनमेन्टका उज्जवल गुरागाईंसँग कागजी सम्झौता भइसकेको बताइएको छ ।

सलोन बस्नेत प्रस्तोता रहेको यो फिल्म फागुन २ बाट प्रदर्शनमा ल्याउने बताइएको छ । फिल्ममा सलोनसहित नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।

सलोनका अनुसार यो फिल्मले बुवा-छोरीको सम्बन्धको कथा उठान गरेको छ ।

यही फिल्मबाट सुरेश न्यौपानेले निर्देशनमा डेब्यू गर्दै छन् । उनीसँग ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’ र ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशन गरेको अनुभव छ ।

सलोनको होम ब्यानर सान्भी इन्टरटेनमेन्ट प्रालिकोमा बनेको यही फिल्मबाट उनले निर्माणमा डेब्यू गरेका हुन् । यस फिल्मको कथा सुमन गजमेरले लेखेका हुन् । लगानी भने सक्षम सुवीदीको छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ७ : ५७ बजे

विद्युतीय शवदाह मेसिन खरिद प्रकरणः कागजात झिकाउन र प्राविधिक जाँच गराउन आदेश

काठमाडौं – विशेष अदालतले पशुपति क्षेत्र विकास कोषमार्फत गरिएको विद्युतीय

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक

एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी – नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई