सलोन बस्नेतको ‘रंगी’को जापान राइट्स बिक्री « Khabarhub

सलोन बस्नेतको ‘रंगी’को जापान राइट्स बिक्री


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक सलोन बस्नेतले निर्माण गरेको फिल्म ‘रंगी’को जापान प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण पक्षले मंगलबार युना इन्टरटेनमेन्टलाई प्रदर्शन अधिकार बेचेको जानकारी दिएको हो ।

निर्माण पक्षले प्रदर्शन अधिकार कतिमा बेचको हो भन्ने खुलाएको छैन । तर, युना इन्टरटेनमेन्टका उज्जवल गुरागाईंसँग कागजी सम्झौता भइसकेको बताइएको छ ।

सलोन बस्नेत प्रस्तोता रहेको यो फिल्म फागुन २ बाट प्रदर्शनमा ल्याउने बताइएको छ । फिल्ममा सलोनसहित नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।

सलोनका अनुसार यो फिल्मले बुवा-छोरीको सम्बन्धको कथा उठान गरेको छ ।

यही फिल्मबाट सुरेश न्यौपानेले निर्देशनमा डेब्यू गर्दै छन् । उनीसँग ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’ र ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशन गरेको अनुभव छ ।

सलोनको होम ब्यानर सान्भी इन्टरटेनमेन्ट प्रालिकोमा बनेको यही फिल्मबाट उनले निर्माणमा डेब्यू गरेका हुन् । यस फिल्मको कथा सुमन गजमेरले लेखेका हुन् । लगानी भने सक्षम सुवीदीको छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ७ : ५७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्