सिरियामाथिको प्रतिबन्ध छिटो हटाउनुपर्छ : कतार « Khabarhub

सिरियामाथिको प्रतिबन्ध छिटो हटाउनुपर्छ : कतार


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इस्लामवादी नेतृत्वको विद्रोहीहरूले राष्ट्रपति बशर अल–असदलाई सत्ताच्यूत गरेपछि कतारले मंगलबार सिरियामाथिका प्रतिबन्धहरू द्रुत रूपमा हटाउन आह्वान गरेको छ ।

‘हामी सिरियामाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने प्रक्रिया तीव्र पार्न गहन प्रयास गर्न आह्वान गर्दछौँ’, विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले नियमित प्रेस ब्रिफिङमा भने।

एक उच्चस्तरीय प्रतिनिधिमण्डलले दमास्कसको भ्रमण गरेको एक दिनपछि कतारको यो आह्वान आएको हो । दुई देशबीच १३ वर्षदेखिको विवाद अन्त्य गर्दै कतारी दूतावास आइतबार पुनः खोलिएको छ ।

‘कतारको स्थिति स्पष्ट छ’, अन्सारीले भने, ‘प्रतिबन्धको कारण अब त्यहाँ छैन र पूर्व शासनका अपराधहरू नै यी प्रतिबन्धको कारण थिए, त्यसैले प्रतिबन्ध छिटै हटाउन आवश्यक छ ।’

सन् २०११ मा असदको सरकारले शान्तिपूर्ण विद्रोहलाई दमन गरेपछि भड्किएको सशस्त्र विद्रोहको मुख्य समर्थकमध्ये दोहा एक थियो ।

आफ्ना धेरै छिमेकीहरूको विपरीत कतार असदको कडा आलोचक बनेको थियो र गत वर्ष अरब कूटनीतिक गुटमा फर्किए पनि कतारले सिरियासँग सम्बन्ध नवीकरण गरेको थिएन ।

अन्तर्राष्ट्रिय समुदायले सिरियामाथिका प्रतिबन्धहरू हटाउन हतार गरेको छैन । अन्तर्राष्ट्रिय समुदायले नयाँ अधिकारीहरूले कसरी आफ्नो शक्ति प्रयोग गर्छन् भनेर पर्खिरहेको छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ७ : ४० बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै