अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ समीकरण पूरा « Khabarhub

अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ समीकरण पूरा


११ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ को समीकरण पुरा भएको छ । गएराती समूह चरणका खेलहरू सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टिमको टुंगो लागेको हो ।

जसमा समूह ‘ए’ बाट इक्वेटोरियल गिनी र नाइजेरिया, समूह ‘बी’ बाट केप भर्डे र इजिप्ट, समूह ‘सी’ बाट सेनेगल र क्यामरुन, समुह ‘डी’ बाट एङ्गोला र बुर्किना फासो, समूह ‘ई’ बाट माली र दक्षिण अफ्रिका, समूह ‘एफ’बाट मोरक्को र डिआर कंगो रहेका छन् ।

त्यसैगरी, सबै समूहका तेस्रो स्थानमामा रहेका टिमहरूका शीर्ष चारमा रहेका टिमहरूमा समूह ‘ए’ को आइभरी कोष्ट, समुह ‘सी’ को गिनी, समूह ‘डी’ को मारुतानिया र समूह ‘ई’ को नामिबिया पनि नकआउट चरणमा प्रवेश गरेका छन् ।

अन्तिम १६ मा को–को भिड्दैछन् ?

अब अन्तिम १६ मा नाइजेरिया र क्यामरुन, एङ्गोला र नामिबिया, केप भर्डे र मारुतानिया, मोरक्को र दक्षिण अफ्रिका भिड्ने छन् । यसैगरी माली र बुर्किना फासो, सेनेगल र आइभरी कोष्ट, इजिप्ट र डिआर कंगो तथ इक्वेटोरियल गिनी र गिनीबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम १६ का खेलहरू यही जनवरी २७ देखि ३० सम्म हुनेछन् ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ९ : २४ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४