अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ समीकरण पूरा « Khabarhub

अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ समीकरण पूरा


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ को समीकरण पुरा भएको छ । गएराती समूह चरणका खेलहरू सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टिमको टुंगो लागेको हो ।

जसमा समूह ‘ए’ बाट इक्वेटोरियल गिनी र नाइजेरिया, समूह ‘बी’ बाट केप भर्डे र इजिप्ट, समूह ‘सी’ बाट सेनेगल र क्यामरुन, समुह ‘डी’ बाट एङ्गोला र बुर्किना फासो, समूह ‘ई’ बाट माली र दक्षिण अफ्रिका, समूह ‘एफ’बाट मोरक्को र डिआर कंगो रहेका छन् ।

त्यसैगरी, सबै समूहका तेस्रो स्थानमामा रहेका टिमहरूका शीर्ष चारमा रहेका टिमहरूमा समूह ‘ए’ को आइभरी कोष्ट, समुह ‘सी’ को गिनी, समूह ‘डी’ को मारुतानिया र समूह ‘ई’ को नामिबिया पनि नकआउट चरणमा प्रवेश गरेका छन् ।

अन्तिम १६ मा को–को भिड्दैछन् ?

अब अन्तिम १६ मा नाइजेरिया र क्यामरुन, एङ्गोला र नामिबिया, केप भर्डे र मारुतानिया, मोरक्को र दक्षिण अफ्रिका भिड्ने छन् । यसैगरी माली र बुर्किना फासो, सेनेगल र आइभरी कोष्ट, इजिप्ट र डिआर कंगो तथ इक्वेटोरियल गिनी र गिनीबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम १६ का खेलहरू यही जनवरी २७ देखि ३० सम्म हुनेछन् ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ९ : २४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५