वाफ वुमन्स च्याम्पियनसिप : प्यालेस्टाइनविरुद्ध नेपालको उत्कृष्ट जित « Khabarhub

वाफ वुमन्स च्याम्पियनसिप : प्यालेस्टाइनविरुद्ध नेपालको उत्कृष्ट जित


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) वुमन्स च्याम्पियनसिप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई पराजित गरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० गोलले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको हो । नेपाल लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै शीर्षस्थानमा रह्यो ।

नेपालका लागि सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानाले एक/एक गोल गरे। सावित्रा भण्डारीले नेपालका लागि ४२ औं मिनेटमा गोल गरेकी थिइन् ।

त्यस्तै खेलको ५९ औं मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपाललाई २–० को अवस्थामा पुर्याएकी थिइन् । भने भण्डारीले ७८ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरिन् । त्यस्तै गीताले खेलको अतिरिक्त समयमा नेपालले पाएको पेनाल्टी सदूपयोग गर्दे गोल गरेकी थिइन् ।

यसअघि नै प्रतियोगिताको सेमिफाइन पुगेको नेपाल आजको जितसँगै समूह ‘बी’ काे विजेता बनेको छ । भने प्यालेस्टाइन उपविजेता बनेको छ । समुह ‘ए’ बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन् । नेपालले अब मंगलबार सेमिफाइनलमा लेबनानको सामना गर्नेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १२ : ५७ बजे

गगनलाई सभापतिमा निर्विरोध गराउने प्रयास, खड्गीसँग संवाद जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार गगनकुमार थापालाई निर्विरोध

पार्टीलाई बलियो बनाउने गगनको अभियानलाई साथ दिन्छु : सुरेन्द्रराज पाण्डे

काठमाडौं– नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अझ गतिशील र सशक्त

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर, अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि