विश्वकप लिग–२ : आज नेपाल र नेदरल्याण्ड्स खेल्ने « Khabarhub

विश्वकप लिग–२ : आज नेपाल र नेदरल्याण्ड्स खेल्ने


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ (२०२३–२०२७) सिरिज अन्तर्गत आज नेपाल र नेदरल्याण्ड्सको प्रतिस्पर्धा हुँदैछ ।

नेपालको घेरेलु मैदान कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल आइतबार बिहान ९ बजेर १५ मिनेटमा सुरु हुनेछ । समान एकएक खेल जितेका नेपाल र नेदरल्याण्ड्स दोस्रो जितको खोजीमा हुनेछन् । नेपाल घरेलु मैदानको फाइदा उठाउने दाउमा छ । यसअघि नामिबियासँगको लगातार दोस्रो खेलमासमेत पराजित भएपछि नेपालका कप्तान रोहित पौडेलले अन्तिम खेल उत्कृष्ट खेल्ने बताइसकेका छन् ।

नेपाल पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेदरल्याण्ड्समाथि ९ विकेटको जित निकालेको नेपाल तेस्रो खेलमा नामिबियासँग दुई विकेटको हार भोगेपछि कप्तान पौडेलले अन्तिम खेल उत्कृष्ट खेल्ने बताएका हुन् ।
घरेलु मैदानमा दुई खेल गुमाएको नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।

तीन खेल जितेको नामिबिया नामिबिया ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान एकएक जित निकालेका नेपाल र नेदरल्याण्ड्स भने दुई अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । नेदरल्याण्डसलाई ९ विकेटले हराएको नेपाल रन रेटको आधारमा दोस्रो स्थानमा छ । तीन देशको अन्तिम खेल आइतबार नेपाल र नेदरल्याण्ड्स बिच कीर्तिपुर मैदानमा हुन लागेको हो ।

सन् २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत काठमाडौँमा सिरिज जारी छ। आईसीसीले क्रिकेट विश्वकपमा छनौट हुन यस अघि (२०१९–२०२३) मा पनि यही फर्म्याटमा प्रक्रिया सुरु गरेको थियो। लिग–२ मा नेपालसहित ८ देश नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका सहभागी छन्। अहिले नामिबिया र नेदरल्याण्ड्स नेपाल भ्रमणमा छन्।

आईसीसीका अनुसार लिग–२ मा शीर्ष चार स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुनेछन् भने पछाडि रहेका चार देशले विश्वकपमा छनौट हुने अवसर पाउने छन्।

नेपालको पहिलो खेल : नेपालको खराब सुरुवात
त्रिदेशीय सिरिज पहिलो खेलमा फागुन ३ गते नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो। जितका लागि नेपालले दिएको एक सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिँदा ललित राजवंशीले दुई तथा रोहित पौडेलले एक विकेट हात पारेका थिए ।

पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४१.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३२ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाएका थिए । गुलशन झा २१, करण केसी १६ कुशल मल्ल १५ र पवन सर्राफ १२ आउट भएका थिए । नेपाललाई सस्तैमा समेट्न बलिङमा नामिबियाका कप्तान जोर्रार्ड इरास्मसले पाँच विकेट लिएका थिए ।

दोस्रो खेलमा नेदरल्याण्ड्समाथि नेपालको सहज जित

फागुन ५ गते भएको दोस्रो खेलमा नेदरल्याण्ड्समाथि नेपालले सहज जित निकालेको थियो । कीर्तिपुर मैदानमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो। जितका लागि नेदरल्याण्ड्सले दिएको एक सय ३८ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि अनिल साहले सर्वाधिक ५७ रन बनाएका थिए । उनले ३६ बलमा ६ चौका र चार छक्का प्रहार गरेका थिए ।

नेदरल्याण्डसविरुद्ध आसिफ शेखले अविजित ५४ रनका लागि ४५ बल खर्चिएका थिए । आठ चौका र एक छक्काको सहयोगमा उक्त रन बनेको थियो । । ओपनर कुशल भुर्तेलले २८ रनमा आउट भएका थिए। दोस्रो विकेटका लागि अनिल र आसिफले अविजित १०५ रनको साझेदारी गरेका थिए ।

टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेदरल्यान्ड्सले ३९ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३७ रन बनाएको थियो। बलिङमा नेपालका कुशल भुर्तेलले चार विकेट लिँदा ललितनारायण राजवंशी दुई तथा सोमपाल कामी र कप्तान रोहित पौडेलले एक–एक विकेट लिएका थिए ।

तेस्रो खेल : नामिबियामाथि नेदरल्याण्ड्सको शानदार जित

फागुन ७ गते भएको तेस्रो खेलमा नेदरल्याण्ड्सले नामिबियामाथि सात विकेटको शानदार जित हात पारेको थियो । जितका लागि नामिबियाले दिएको एक सय २४ रनको लक्ष्य नेदरल्याण्ड्सले २७.२ ओरभमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । नेदरल्याण्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ५७ रन बनाएका थिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३५.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो । बलिङमा नेदरल्याण्ड्सका आर्यन दत्त एक्लैले ६ विकेट लिएका थिए ।

चौंथो खेल : नेपाल नामिबियासँग दुई विकेटले पराजित
फागुन ९ गते भएको सिरिजको चौंथो खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित भयो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले दिएको एक सय ६९ रनको मध्यम लक्ष्य नामिबियाले ४० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७२ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

नेपालविरुद्ध नामिबियाका लागि कप्तान जोरार्ड इरास्मस ५२ रन बनाए । बलिङमा नेपालका कुशल भुर्तेलले तीन विकेट लिँदा दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल, कुशल मल्ल र ललित राजवंशीले एक एक विकेट हात पारेका थिए ।

नेपालले ३७.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६८ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५८ रन जोड्दा ६४ बलमा आठ चौका र एक छक्का प्रहार गरेका थिए ।

यो खेलमा कुशल मल्लले ३६, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करण केसीले १२ रन बनाएका थिए। बलिङमा नामिबियाका बेर्नार्ड स्कोल्ट्ज र जान निकाले लोफ्टी इएटनले चार चार लिएपछि नेपालको ब्याटिङ लाइन ध्वस्त भएको थियो । नेपालले त्रिदेशीय सिरिजको आज अन्तिम खेल खेल्न लागेको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ६ : ०० बजे

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा