माओवादी स्थायी समिति बैठक बस्दै « Khabarhub

माओवादी स्थायी समिति बैठक बस्दै


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्नेछ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण गत शुक्रबार स्थगित गरिएको बैठक आज बस्न लागेको हो ।

आजको बैठकमा पदाधिकारीसहित नेताहरूको जिम्मेवारी हेरफेर गर्ने कार्यसूची रहेको छ । यस्तै, तराई–मधेश अभियान चलाउने विषयमा छलफल गरी कार्यविभाजन टुंगो लगाउने बुझिएको छ ।

बैठकमा चार महिने माओवादीले रूपान्तरण अभियानमा सक्रिय तीन नेतालाई सम्मान र कमजोर कार्यसम्पादन गर्ने नेतालाई सजायको निर्णय गर्ने तयारी रहेको छ ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ७ : ०८ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको