विश्वकप लिग–२ : नेदरल्याण्ड्सविरुद्ध नेपाल ब्याटिङमा « Khabarhub

विश्वकप लिग–२ : नेदरल्याण्ड्सविरुद्ध नेपाल ब्याटिङमा


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम (चौथो) खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेदरल्याण्ड्सले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।

जारी सिरिजमा एकमा जित र दुईमा हार बेहोरेको नेपाल दोस्रो स्थानमा छ । नेपालले एक खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो भने दुई खेलमा नामिबियासँग पराजित भएको थियो । नेदरल्याण्ड्सले एक खेलमा नामबियालाई जित्दा अरु खेलमा भने पराजित भएको थियो । नेदरल्याण्ड्स तेस्रो स्थानमा छ ।

नेदरल्याण्ड्स नेपालविरुद्ध जित निकाल्दै पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज अन्त्य गर्ने लक्ष्यमा हुँदा नेपाल भने नेदरल्याण्ड्सविरुद्ध लगातार दोस्रो जितको खोजीमा रहेको छ ।

नामिबियाले आफ्नो चार खेल खेलिसकेको छ । चारमध्ये तीन खेल जितेको नामिबिया ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । नामिबियाले यसअघि नेपालसँगका दुवै खेल जितेको थियो भने नामिबियासँग एकमा हार र एकमा जित निकालेकाे थियो ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ९ : ३३ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर