जापान हितैषी मित्र र भरपर्दो विकासको सहयात्री हाे : राष्ट्रपति पौडेल | Khabarhub Khabarhub

जापान हितैषी मित्र र भरपर्दो विकासको सहयात्री हाे : राष्ट्रपति पौडेल


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको दिगो र भरपर्दो विकासको सहयात्री पनि भएको बताएका छन् ।

नेपाल जाइका अलमनाई एशोसियशन (जान) को ५०औँ वार्षिक समारोहको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालको प्राविधिक क्षेत्रको जनशक्ति विकास, जलविद्युत्, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार विकासलगायत क्षेत्रमा जापानले पुर्‍याएको योगदानको नेपालले सदैव उच्च मूल्याङ्कन गरेको बताए ।

‘मुलुकमा भएको राजनीतिक परिवर्तनपछि सामाजिक, आर्थिक, सांस्कृतिक तथा विकासका अन्य क्षेत्रमासमेत प्रगति भइरहेको छ । यस प्रक्रियामा जापान सरकारको सहयोग र सद्भाव विगतमा जस्तै आगामी दिनमा पनि महत्वपूर्ण रहने छन्’, उनले भने ।

राष्ट्रपति पौडेलले नेपाल र जापानबीच परम्परागत रुपमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै एसियाको एक समृद्घशाली प्रजातान्त्रिक मूलुक जापानले विज्ञान प्रविधिको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक तथा समग्र मानव विकासमा मारेको फड्को अनुकरणीय रहेको बताए ।

विगत छ दशकदेखि नेपाल जापानको सम्बन्धलाई जनतासम्म पुर्‍याउन, जापानमा सिकेको ज्ञान, सीप र प्रविधिलाई नेपालको विकासमा लगाउन एशोसियशनले गरेको योगदान सराहनीय रहेको राष्ट्रपति पौडेलले उल्लेख गरे  । उनले जानले ग्रामीण क्षेत्रका जनताको जीवनस्तर उकास्न सामुदायिक विकासका क्षेत्रमा काम गरिरहेको भन्दै यस्ता कामलाई थप विस्तार गर्दै लैजानुपर्ने सुझाव दिए ।

राष्ट्रपति पौडेलले जापान सरकारले नेपाललाई गर्ने सहयोगबाट अधिकतम उपलब्धि हासिल गर्न सामुदायिक विकासका लागि गरिएका कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले नेपाल जापानबीचको मित्रतालाई अझै घनिभूत बनाउन जानको भूमिका महत्वपूर्ण रहेको भन्दै जापान नेपालको भरपर्दो विकासको सहयात्री पनि भएको बताए ।

कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याल, नेपालका लागि जापानका राजदूत युताका किकुता, जाइका नेपालका प्रमुख अकिमित्सु ओकुबो, जापान नेपाल समाजका अध्यक्ष मित्सुआकी, जानका अध्यक्ष डा रामचन्द्र भुसाललगायतले नेपाल जापान सम्बन्धका बारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १२ : ४३ बजे

जेन-जीको आक्रमणमा घाइते देउवाको गर्दनमाथि १२ टाँका, अझै हिँडडुल गर्न समस्या

काठमाडौँ- गत भदौ २४ गते जेन-जी आन्दोलनकारीका नाममा निजी निवास

प्रचण्डले भने- संविधान कार्यान्वयनमा सबै लागौँ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री

सिंहदरबारबाट आगजनी गरिएका सवारीसाधन हटाइँदै

काठमाडौं– ‘जेन-जी’ प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन हटाएर व्यवस्थापनको

जोगिएका समानबाट यातायात कार्यालयले सेवा सञ्चालन गर्दै

बाग्मती–  ‘जेन-जी’ प्रदर्शनका आगजनीबाट ध्वस्त भएको यातायात व्यवस्था कार्यालय हेटौँडा

संविधानको पूर्ण पालना गरी सुशासन कायम गर्नुपर्छ : मुख्यमन्त्री सिंह

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाली जनताको ठूलो त्याग,