१५ वैशाखमा उपनिर्वाचन हुने « Khabarhub

१५ वैशाखमा उपनिर्वाचन हुने


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा पनि १५ वैशाखमै उपचुनाव हुने भएको छ ।

दुवै स्थानमा १५ वैशाखमा उपनिर्वाचन हुने भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगको आइतबार बसेको २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको आयुक्त निदेश थपलियाले बताए ।

इलाम २ बाट निर्वाचित एमाले सांसद सुवासचन्द्र नेम्वाङको २६ भदौमा हृदयघात भएर मृत्यु भएको थियो ।

यस्तै, सुदूरपश्चिममा असार ६ गते कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो । उनको क्षेत्र बझाङ १ क मा पनि उपनिर्वाचन हुने छ ।

यसै,बीच स्थानीय तहमा अहिले तत्काल उपनिर्बाचन नेपाल सरकारले आवश्कता नठानेको आयुक्त थपलियाले खबरहबलाई बताए । उनले मंसिर सम्ममा स्थानीय तहको पनि उपनिर्वाचन हुनसक्ने बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १ : ५६ बजे

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने