राष्ट्रियसभाको अध्यक्ष कांग्रेसबाटै : नेता रायमाझी « Khabarhub

राष्ट्रियसभाको अध्यक्ष कांग्रेसबाटै : नेता रायमाझी


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता रमेशजङ्ग रायमाझीले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसबाटै हुने बताएका छन् ।

आइतबार सिंहदरबारमा कांग्रेसका बहालवाला राष्ट्रियसभा सदस्य र नवनिर्वाचित राष्ट्रियसभा सदस्यबीच परिचयात्मक भेटघाट तथा अन्तरक्रियामा रायमाझीले संसदमा लामो समयदेखि कांग्रेसको नेतृत्व नभएको अवस्थामा अब राष्ट्रियसभाको अध्यक्ष कांग्रेसबाटै हुने बताएका हुन् ।

उनले कांग्रेसको नेतृत्व नहुँदा सूचना लुकाउनेलगायतका काम भएकाले अब सहज हुने जिकिर गरे । उनले राष्ट्रियसभा र समितिहरुमा सहभागिता जनाएर प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । रायमाझीले संसदमा प्रभावकारी भूमिका निर्वाह नगरेका कारण निराशा छाएको भन्दै अब कांग्रेसले त्यसलाई चिर्न सक्नुपर्ने बताए ।

त्यस्तै, निवनिर्वाचित राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभाको गरिमालाई उच्च राख्ने, कानून निर्माणमा सक्रियता साथै जनताका माग र अपेक्षा सम्बोधन हुने गरि काम गर्ने बताए । उनले संविधानको लक्ष्य अनुसार जनताको हित र समुन्नत राष्ट्र निर्माण गर्नुपर्ने धारणा राखे ।

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्द प्रसाद ढुंगाना, विष्णु देवी पुडासैनी, जीतजङ्ग बस्नेत, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णु कुमारी सापकोटा, कृष्णबहादुर रोकाया र बलदेव बोहरा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ३ : २१ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले