त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण « Khabarhub

त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विदेशी चिकित्सकको सहयोगबिनै त्रिवि शिक्षण अस्पतालका चिकित्सकले दोस्रो सफल कलेजो प्रत्यारोपण गरेका छन् । सबैभन्दा जटिल शल्यक्रिया मानिएको कलेजो प्रत्यारोपण दोस्रोपटक नेपाली चिकित्सकले नै सम्पन्न गरेका हुन् ।

त्रिवि शिक्षण अस्पतालमा चिकित्सक डा. रमेश भण्डारीको नेतृत्वमा माघ २६ मा दोस्रो व्यक्तिमा प्रत्यारोपण गरिएको हो । प्रत्यारोपण सफल भएपछि शल्यक्रियाको १६औँ दिनमा आइतबार बिरामीलाई डिस्चार्ज गरिएको हो ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको यो प्रत्यारोपण १२औँ सफल कलेजो प्रत्यारोपण हो । अस्पतालका अनुसार ३३ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरिएको थियो, जसलाई उनकी २८ वर्षीया श्रीमतीले कलेजो दान गरेकी हुन् ।

यसअघि नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको संलग्नतामा पहिलोपटक गत पुस २७ मा कलेजो प्रत्यारोपण गरिएको थियो । विदेशी चिकित्सकको सहयोगबिना नै पहिलो र दोस्रो प्रत्यारोपण सफल भएपछि थप सेवाका लागि आत्मविश्वास बढेको डा. भण्डारीले बताएका छन् । प्रत्यारोपणका लागि आवश्यक पूर्वाधार, उपकरण र जनशक्ति उपलब्ध भएकाले प्रत्येक महिना एकजनामा सफल प्रत्यारोपणको लक्ष्य रहको डा. भण्डारीले बताएका हुन् ।

त्रिवि शिक्षण अस्पतालले यसअघि विदेशी चिकित्सकको सहयोगमा १० वटा बिरामीमा कलेजो प्रत्यारोपण गरेको थियो । त्रिविमा ०७६ जेठ १७ गते पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको थियो, जसमा भारतको एपोलो अस्पतालका प्रत्यारोपण विशेषज्ञसहितको टोलीले सहयोग गरेको थियो ।

यसपछिका शल्यक्रियामा भारतकै फोर्टिस अस्पतालका विज्ञले सहयोग गरेका थिए । तर, दक्षिण कोरियाको सियोलस्थित सामसुङ मेडिकल सेन्टरका चिकित्सकको सहयोगमा नेपालमा पहिलोपटक ०७३ मंसिर २२ गते मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण गरिएको थियो । हाल भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्र र त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण भइरहेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ४ : ४१ बजे

मध्यपूर्व संकटको असर विश्वभर : तेल, सुरक्षा र पर्यटन जोखिममा

दुबई– मध्यपूर्वमा तीन हप्तादेखि चर्किँदै गएको द्वन्द्वले विश्व अर्थतन्त्र, सुरक्षा

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ– जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका

सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि

निर्वाचन सम्पन्न भएकोमा नेपाललाई चीनको बधाई

काठमाडौँ– चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकोमा बधाई

ट्रम्पद्वारा इरानविरुद्धको सैन्य कारबाही घटाउने संकेत, तेलमाथिको प्रतिबन्धमा अस्थायी खुकुलोपन

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध जारी सैन्य अभियानलाई