इलाम २ उपनिर्वाचन : देउवाको रोजाइमा डम्बरबहादुर खड्का नै | Khabarhub Khabarhub

इलाम २ उपनिर्वाचन : देउवाको रोजाइमा डम्बरबहादुर खड्का नै


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इलाम २ उपनिर्वाचन नेपाली कांग्रेसले इलाम सभापति डम्बरबहादुर खड्कालाई नै उठाउने योजना बनाएको छ । खड्का २०७९ को निर्वाचनमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका थिए भने खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरेका थिए ।

तर निर्वाचनमा एमालेले धाँधली गरेको कांग्रेसको आरोप थियो । खड्काले हारेको नभएर २०७९ को निर्वाचनमा कम्पाट पाएको ठहर गर्दे कांग्रेसले खड्कालाई नै टिकट दिने भएको कांग्रेस उच्च स्रोतको भनाइ छ ।

सभापति शेरबहादुर देउवा नजिकका कांग्रेस एक पदाधिकारीले खबरहबलाई भने, ‘उहाँ अनुभवी युवा र कम्पाट पाएको मान्छे हो । पहिला पनि हारेको होइन । त्यो कारण सभापति र अन्यले पनि तयारी गर्नुहोस् भन्नु भएको छ रे ।’

कांग्रेसका अनुसार उनलाई महासमिति बैठकका बेला पनि सभापति देउवाले उनलाई सम्पूर्ण तयारी गर्न आदेश नै दिएको ती नेताको भनाइ छ । अर्का कांग्रेस नेताले भने, ‘कुनै नाटकीय परिवर्तन नभए खड्का कन्फर्म हो ।’

उसो त कांग्रेसबाट डम्बरसँगै टिकटको आंकाक्षा राख्नेमा नगेन्द्र कुमाल, भेषराज आचार्य, केशव थापालगायत छन् । यसमध्ये कुमाल भने खड्काभन्दा जुनियर हुन् ।

केशव थापा भने ०७४ को निर्वाचनमा ११ हजारले एमालेका नेम्वाङसँग हारेका व्यक्ति हुन् । भेषराज आचार्य पनि २०७० को निर्वाचनमा ७ हजार मतले नेम्वाङसँग हारेका थिए ।

यो पटक खड्कालाई नै अवसर दिने कांग्रेसको योजना छ । यता एमालेले भने स्व नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई टिकट दिने संकेत गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ५ : १८ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य