इलाम २ उपनिर्वाचन : देउवाको रोजाइमा डम्बरबहादुर खड्का नै « Khabarhub

इलाम २ उपनिर्वाचन : देउवाको रोजाइमा डम्बरबहादुर खड्का नै


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इलाम २ उपनिर्वाचन नेपाली कांग्रेसले इलाम सभापति डम्बरबहादुर खड्कालाई नै उठाउने योजना बनाएको छ । खड्का २०७९ को निर्वाचनमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका थिए भने खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरेका थिए ।

तर निर्वाचनमा एमालेले धाँधली गरेको कांग्रेसको आरोप थियो । खड्काले हारेको नभएर २०७९ को निर्वाचनमा कम्पाट पाएको ठहर गर्दे कांग्रेसले खड्कालाई नै टिकट दिने भएको कांग्रेस उच्च स्रोतको भनाइ छ ।

सभापति शेरबहादुर देउवा नजिकका कांग्रेस एक पदाधिकारीले खबरहबलाई भने, ‘उहाँ अनुभवी युवा र कम्पाट पाएको मान्छे हो । पहिला पनि हारेको होइन । त्यो कारण सभापति र अन्यले पनि तयारी गर्नुहोस् भन्नु भएको छ रे ।’

कांग्रेसका अनुसार उनलाई महासमिति बैठकका बेला पनि सभापति देउवाले उनलाई सम्पूर्ण तयारी गर्न आदेश नै दिएको ती नेताको भनाइ छ । अर्का कांग्रेस नेताले भने, ‘कुनै नाटकीय परिवर्तन नभए खड्का कन्फर्म हो ।’

उसो त कांग्रेसबाट डम्बरसँगै टिकटको आंकाक्षा राख्नेमा नगेन्द्र कुमाल, भेषराज आचार्य, केशव थापालगायत छन् । यसमध्ये कुमाल भने खड्काभन्दा जुनियर हुन् ।

केशव थापा भने ०७४ को निर्वाचनमा ११ हजारले एमालेका नेम्वाङसँग हारेका व्यक्ति हुन् । भेषराज आचार्य पनि २०७० को निर्वाचनमा ७ हजार मतले नेम्वाङसँग हारेका थिए ।

यो पटक खड्कालाई नै अवसर दिने कांग्रेसको योजना छ । यता एमालेले भने स्व नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई टिकट दिने संकेत गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ५ : १८ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १