‘रङ्गेली’को पात्रबारे दयाहाङ भन्छन्- चरित्र अन्य फिल्मको भन्दा फरक छ « Khabarhub

‘रङ्गेली’को पात्रबारे दयाहाङ भन्छन्- चरित्र अन्य फिल्मको भन्दा फरक छ


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक दयाहाङ राई एक दशकपछि ‘ग्याङस्टार’ भूमिकामा देखिँदै छन् । फिल्म ‘रङ्गेली’मा उनले निर्वाह गरेको विजयको पात्र ‘ग्याङस्टार’को रहेको निर्माण पक्षले जनाएको छ ।

‘छड्के’ फिल्मपछि आफूले निर्वाह गरेको पात्रको चरित्र ‘ग्रे’ भए पनि यसमा दर्शकहरुले फरक पाउने दयाहाङ बताउँछन् । विजयको चरित्रबारे उनी थप्छन्, आम मानिसको आम सोचाइबाट हेर्दा यसमा डार्क चरित्र नै देखिन्छ । तर विजयमा मानवता र अनुभूतिका विशेषता छन् ।’

फिल्म हेरेर निस्कने क्रममा समाजमा विजय जस्ता पात्र जन्मनुहुँदैन भन्ने दर्शको धारणा बन्नेमा उनी स्पष्ट छन् । उनी थप्छन्, ‘विजयजस्तो मान्छे निस्कियो भने हामीलाई नै घात हुन्छ कि भन्ने अनुभूति गराउँछ ।’

यद्यपि अन्य चलचित्रमा जस्तै यसमा पनि सामान्य पात्रकै भूमिका आफू देखा पर्ने उनी बताउँछन् । उनी स्पष्ट पार्दै भन्छन्, ‘रङ्गेली’मा चाहिँ सामान्य मान्छे कसरी असामान्य हुँदै जान्छ भन्ने कुरा देखाउँछ ।’

फिल्मा विजयको पात्र अत्यन्तै रोचक रहेको र उसको कमजोरीलाई अन्यले हतियार बनाएको प्रसंग रहेको उनले खुलासा गरे ।

फागुन २५ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रको निर्देशक र लेखक अर्जुन सुवेदी हुन् । यस फिल्ममा दयाहाङ, अर्पण थापा, प्रवीण खतिवडा, मिरुना मगर, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ५ : ४५ बजे

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश