कम्बोडियाको सिनेट चुनावमा सत्तारुढ दल विजयी : प्रवक्ता | Khabarhub Khabarhub

कम्बोडियाको सिनेट चुनावमा सत्तारुढ दल विजयी : प्रवक्ता


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

न्होम्पेन- कम्बोडियाको सिनेट (माथिल्लो सदन) का लागि आइतबार भएको निर्वाचनमा सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले दुई तिहाइभन्दा बढी सीटसहित विजयी भएको छ ।

सीपीपीले सिनेटको पाँचौं निर्वाचनमा भारी जित हासिल गरेको पार्टीका प्रवक्ता सोक आइसानले बताएका छन् । प्रवक्ता आइसानले प्रारम्भिक नतिजालाई उद्धृत गर्दै चुनावमा सीपीपीले सबैभन्दा बढी मत प्राप्त गरेको बताए ।

उनले भने, “सीपीपीले सिनेटका ५८ सिटमध्ये कम्तीमा ५० सिट जितेको छ, जुन कूल सङ्ख्याको ८० प्रतिशतभन्दा बढी हो ।”

“सन् २०२३ को जुलाईमा भएको आम निर्वाचनमा हामीले शानदार जित हासिल गरेकोसीपीपीका लागि यो अर्को ठूलो सफलता हो,” आइसानले भने ।

सीपीपीका ७१ वर्षीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री सामदेक टेचो हुन सेनले निर्वाचनपछि सिनेटको अध्यक्षको जिम्मेवारी सम्हाल्ने र राजा विदेशमा रहँदा कार्यवाहक राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्ने पनि उनले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ६ : ५४ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि