इजरायली हवाई आक्रमणमा परी सिरियामा ३ जनाको मृत्यु | Khabarhub Khabarhub

इजरायली हवाई आक्रमणमा परी सिरियामा ३ जनाको मृत्यु


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दमास्कस – मध्य सिरियाको होम्स प्रान्तमा आइतबार इजरायली हवाई आक्रमणमा परी ३ जना सर्वसाधारणको मृत्यु भएको छ ।

अल–वतन अखबारका अनुसार दक्षिणपश्चिमी होम्सको अल-कुसाइर क्षेत्रमा दुईवटा नागरिक सवारी साधनलाई निशाना बनाएर आक्रमण गरिएको थियो।

यसैबीच, सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आक्रमणमा दुई हिजबुल्लाह सदस्य मारिएको बताएको छ।

यो हवाई आक्रमण सिरियामा इजरायली आक्रमणको शृङ्खलाको पछिल्लो घटना हो। इजरायलले हालै इरानी मिलिशियासँग संलग्न व्यक्तिहरू विरुद्ध हत्या प्रयास गरेको छ।

अब्जरभेटरीले आइतबार प्रतिवेदनमा इजरायलले सन् २०२४ को शुरुदेखि सिरियामा हालसम्म १६ वटा आक्रमण गरेको उल्लेख गरेको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ९ : २३ बजे

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः

भीमदत्तका दर्जन घर कटानको जोखिममा

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का देवबहादुर चन्दको पक्की घर