युभेन्टसको रोमाञ्चक जित « Khabarhub

युभेन्टसको रोमाञ्चक जित


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटालियन सिरी ए फुटबलमा युभेन्टसले रोमाञ्चक जित निकालेको छ । आइतबार राती भएको खेलमो युभेन्टसले फ्रोसिनोनलाई ३–२ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसको लागि डुआन भालोभीले दुई तथा डेनियल रुगानी एक गोल गरे । फ्रोसिनोन तर्फबाट वलिद चादिराले र मार्को ब्रेशियानिनिले एक एक गोल गरे ।

युभेन्टसले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो । भालोभीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । युभेन्टसको अग्रता धेरै समय टिक्न सकेन । खलेको १४ औं मिनेटमा फ्रोसिनोनका वलिद चादिराले बराबरी गोल गरे ।

त्यस्तै २७ औं मिनेटमा फ्रोसिनोनले अर्को गोल गर्दै अग्रता बनायो । मार्को ब्रेशियानिनिले गोल गर्दै फ्रोसिनोले २–१ को अग्रता बनायो ।

तर, डुआन भालोभीले व्यक्तिगत दोस्रो गोल गर्दा युभेन्टसले खेल २–२ को बराबरीमा ल्यायो । खेलको अतिरक्त समयमा रुगानीले गोल गर्दै युभेन्टसलाई ३–२ को जित दिलाए ।

जितसँगै २६ खेलबाट ५७ अंकसहित युभेन्टस दोस्रो स्थानमा छ । भने फ्रोसिनोन २३ अंकका साथ तालिकाको १६ औं स्थानमा छ । इन्टर मिलान २४ खेलबाट ६३ अंककासहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १० : ५४ बजे

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको