इजिप्टको नाइल नदीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु « Khabarhub

इजिप्टको नाइल नदीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

कायरो – इजिप्टको राजधानी कायरो नजिकै आइतबार बिहान नाइल नदीमा एउटा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने अन्य चार जनालाई अस्पतालमा भर्ना गरिएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजिप्टको राज्य–सञ्चालित अहराम अनलाइन समाचार वेबसाइटले जनाए अनुसार सो डुङ्गाले कम्तिमा १० जना कामदार बोकेर गीजा गभर्नरेटको निकलाह गाउँतर्फ जाँदै गरेको बुझिएको छ।

स्वास्थ्य मन्त्रालयको विज्ञप्ति अनुसार अस्पतालमा भर्ना भएका चारमध्ये ३ जना निको भएर घर फर्किएका छन् भने १ जनाको उपचार भइरहेको छ ।

बेपत्ताको खोजीका निम्ति दुर्घटनास्थलमा १० वटा एम्बुलेन्स पठाइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ११ : ०२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया