आईपीएल : मुम्बइलाई ६ रनले हराउँदै गुजरातको विजयी सुरुवात « Khabarhub

आईपीएल : मुम्बइलाई ६ रनले हराउँदै गुजरातको विजयी सुरुवात


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटनले मुम्बई इण्डियन्समाथि ६ रनको जित निकालेको छ।

टस जितेर सुरुमा फिल्ड रोजेको मुम्बई आईपिएल यो सिजनको पहिलो खेलमा पराजित भएको हो। सुरुमा ब्याटिङ गरेको गुजरातले दिएको १६८ रनको लक्ष्य पूरा गर्न नसक्दा मुम्बई पराजित भएको हो।

मुम्बइका लागि गुजरातले ६ विकेटको क्षतिमा १६८ रनको चुनौती दिएको थियो। गुजरातका लागि साई सुदर्शन सर्वाधिक ४५ रन बनाए। सुभमन गिलले ३१ रन बनाएका थिए भने राहुल तेवाटियाले २२ रन जोडेका थिए।

गुजरातलाई सस्तैमा समेट्न मुम्बइका लागि जसप्रित बुम्राराहले तीन विकेट लिएका थिए।

१६८ रनको लक्ष्य पछ्याएको मुम्बई पूरै २० ओभेर खेल्दै १६२ रनमा समेटिएको हो। मुम्बइका लागि डिवाल्ड ब्रेभिसले सर्वाधिक ४६ रन बनाउँदा रोहित शर्माले ४३ रन बनाए। तर यो जितका लागि पर्याप्त भएन।

मुम्बइको इनिङ्स धराप पार्न गुजरातका लागि अजमातुल्लाह उमरजाई, उमेश यादव, स्पेन्सर जनसन र मोहित शर्माले २–२ विकेट लिए भने साइ किशोरले १ विकेट हात पारे।

आईपिएलको उद्घाटन खेलमा शुक्रबार चेन्नईले विजयी सुरुवात गरेको थियो। उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चेन्नईले ६ विकेटको जित निकालेको हो।

शनिबारको पहिलो खेलमा पञ्जाव किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरवादमाथि चार रनको रोमाञ्चक जित निकालेको छ।

आइतबारको पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्टसमाथि २० रनको जित निकालेको थियो।

आज (सोमबार) एउटा मात्र खेल हुँदैछन्। रोयल च्यालेन्जर्स बंग्लोरले पञ्जाब किंग्ससँग राति ८ बजे प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ६ : २० बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना